प्रहारन्युज डेक्स

  • १४

हावाहुरीले छानो उडाउँदा एक दर्जन बढी दलित परिवारको विचल्ली

कञ्चनपुर,  (रासस)- वर्षासँगै  आएको हावाहुरीले छानो उडाउँदा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरका १६ परिवार दलितको विचल्ली भएको छ ।

हावाहुरीले टायलले छाएको घरको छाना उडाउँदा स्थानीय भानसिंह सार्की, पठान सार्की, काले कामी, तारा चुनारा, राम चुनारालगायत १६ परिवार हावाहुरीका कारण छाना उडाएपछि दलित परिवार खुला आकाशमुनि बस्न बाध्य भएका छन् ।

छाना हावाहुरीले उडाएपछि घरभित्र राखेको अन्नसँगै, साँझ विहान खानका लागि राखेको खाद्यसामग्री सबै भिजेर नोक्सानी भएको वडा सदस्य शिवराज भट्टले बताउनु भयो ।

भिजेका ओढने, विछयाउने कपडा दलित परिवारले प्रयोग गर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।

घरको छाना हावाहुरीले उडाएपछि केही परिवार गोठमा बसेका छन् भने धेरै परिवार छानो उडाएको घर बाहिरको आँगनमा बसेका छन् । कियिापुत्रि भएका परिवार समेत बस्ने घरको छानो नभएपछि रुखमुनि बसेका छन् ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology