प्रहार न्युज

सर्वेन्द्र र शैलेन्द्रलार्इ दज्र्यानी चिह्न प्रदान,यस्तो आयो खनालको पहिलो प्रतिक्रिया

काठमाडौँ – नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई आज दज्र्यानी चिह्न प्रदान गरिएको छ ।

गृहमन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले महानिरीक्षक खनालद्वयलाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको हो । दुवै प्रहरी संगठनका नवनियुक्त महानिरीक्षकले आजबाटै आफ्नो कार्यभार सम्हाल्नुभएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले खनालद्वयलाई महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरीबलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवाहदका कारण बुधबारदेखि पदबाट अवकाश पाउनुभएको छ ।

यो पनि पढ्नुहोस 

सर्वेन्द्र खनालले सम्हाले आइजिपी कार्यभार

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology