प्रहारन्युज डेक्स

  • १४

मोटरसाइकल अनियन्त्रित भई नालामा ठोक्किदा गयो खुसीलो ज्यान

धादिङ, चैत २९ – धादिङको पृथ्वी राजमार्ग अन्तर्गत थाक्रेमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।ज्यान जानेमा धादिङका खुसी भनेर चिनिने महेश गजुरेलको ज्यान गएको प्रहरीले जनाएको छ ।

धुनीबेशी नगरपालिकाबाट महादेवबेशी जाँदै गरेको ना ५३ प ३०४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई नालामा ठोक्किदा दुर्घटना भएको थियो ।बिहीबार बिहान १ बजेतिर दुर्घटना भएका गजुरेलको काठमाडौंको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology