प्रहारन्युज डेक्स

नेपाल एअरलाइन्सका मजदुरको आन्दोलनले गर्दा सबै उडान बन्द, यात्रुहरु मर्कामा

काठमाडौं-  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमका मजदुरले आन्दोलन गरेपछि विमानस्थल ठप्प भएको छ । ग्राउन्ड ह्यान्डलिङका कर्मचारीले निगमका कुनै पनि जहाज उडान र अवतरण हुन दिएका छैनन । भने अन्य एयरलाइन्स कम्पनीलाई दिदै आएको ग्राउन्ड ह्यान्डलिङको सेवामा समेत अवरुद्ध पारेका छन् जसका कारण विमानस्थलमा अस्तव्यस्त भएको छ ।

मजदुरका माग पुरा नभएसम्म निगमका जहाज उड्न नदिने बताइएको छ ।विहान ५ बजेदेखि काम काज छोडेर धर्नामा बसेका ४ सय मजदुरहरु ग्राउन्ड ह्यान्डलिङमा काम गर्दै आएका छन् ।हाल निगमका आन्तरिक तथा बाह्य कुनै पनि उडान हुन नसकेपछि यात्रुहरु मर्कामा परेका छन् । मजदुरको स्थाइ हुनु पर्ने, स्वास्थ्य विमा, संचयकोष लगायत माग राख्दै मजदुरले हड्ताल गरेका हुन।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology