प्रहारन्युज डेक्स

  • १४

वडा अध्यक्षलाई ज्यान मार्ने धम्की

कञ्चनपुर– कञ्चनपुर शुक्लाफाँटा नगरपालिका वडा नम्बर – ८ का वडा अध्यक्ष बहादुरसिंह महरालाई ज्यान मार्ने धम्की आएको छ ।अपरिचित व्यक्तिले ९८०६४५९१६७ नम्बरबाट फोन गरेर बारम्बार अपशब्द प्रयोग गर्दै ज्यान मार्ने धम्की दिएको बताइएको छ ।

मंगलबार रातिदेखि बुधबार दिउँसोसम्म चारपटक फोन गरेर धम्की आएपछि महराले सुरक्षाका लागि महराले ईलाका प्रहरी कार्यालय झलारीमा उजुरी दिएका छन् ।

तीनजना चोरी शिकारीमा संलग्न व्यक्तिहरुलाई दुई नाल भरुवा बन्दुक र बन्दोबस्तीका सामानसहित दुई दिन अघि नियन्त्रणमा लिई वन कार्यालयलाई बुझाइएपछि धम्की आउन सुरु भएको महराले बताएका छन् ।धम्की दिने व्यक्तिको खोजी भइरहेको ब्प्रहरीले बताएको छ ।

.

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology