प्रहारन्युज डेक्स

  • १४

वैवाहिक जिवनमा बाधिदै नबिना लामा ओली प्रमुख अतिथिको रुपमा आउने

नेकपा एमालेको बिद्यार्थी संगठन अनेरास्वीयुका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य नबिना लामाको विवाहमा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि बन्ने भएका छन् ।

वैशाख १३ गते हुने वैवाहिक कार्यक्रममा एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले प्रमुख अतिथिको रुपमा सहभागी हुने भएका हुन् । नबिना लामाले एमाले नेता प्रवीण श्रेष्ठसँगको विवाह गर्दैछिन् ।

उनले श्रेष्ठसँगको सम्बन्धलाई वैशाख १३ गते वैवाहिक समबन्धमा परिणत गर्न लागेकी हुन् । आजै नबिना लामाले प्रधानमन्त्री निवास बालुवाटार पुगेर विवाहको निम्तो पनि दिएकी छिन् ।

बिना कुनै तडकभडक सामन्य रुपमा विवाह गर्ने तयारी भइरहेको नबिना लामाले जानकरी दिईन् । उनको विवाह आर्मी अफिसर्स क्लबमा तय भएको छ ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology