प्रहारन्युज डेक्स

  • १४

सुर्खेतस्थित गुर्भाकोट नगरपालिका–४ को वडा कार्यालयमा अज्ञात समूहले ढोका फोडेर आगजनी गरे

सुर्खेतको गुर्भाकोट नगरपालिका–४ को वडा कार्यालयमा आगजनी भएको छ।

आगलागीबाट वडा अध्यक्षको कार्यकक्ष र त्यहाँ रहेका सामग्रीहरू जलेर नष्ट भएका छन्। अज्ञात समूहले बिहिबार राति १२ बजेपछि आगलागी भएको हुनसक्ने वडा अध्यक्ष प्रशन्नकुमार शाहले जानकारी दिए।

आगलागीबाट वडा अध्यक्षको कार्यकक्षमा रहेका सोफासेट, कुर्सी, टेबुल, कम्प्युटर, इन्भटरलगायतका सामग्रीहरू पूर्ण रूपमा जलेर नष्ट छन्।

आगजनीबाट वडाका महत्वपूर्ण कागजात पनि जलेको अध्यक्ष शाहले बताए।

अध्यक्ष शाहका अनुसार घटनाको प्रकृति हेर्दा अज्ञात समूहले ढोका फोडेर आगजनी गरेको देखिन्छ। आगजनीका कारण पाँच लाख बराबरको क्षति भएको उनले बताए। घटनाका विषयमा अनुसन्धान भैरहेको सुर्खेत प्रहरीले जनाएको छ ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology