प्रहारन्युज डेक्स

  • १४

करीब छ दिनअघि बेपत्ता भएका एक वृद्ध आज बिहान फेला

लहान- सिरहाको विष्णुपुर गाउँपालिका–१ गौरीपुरबाट करीब छ दिनअघि बेपत्ता भएका एक वृद्धलाई आज बिहान प्रहरीले फेला पारेको छ ।

गत मंगलबार बिहान घर नजिकैको खेतबाट बेपत्ता भएका स्थानीयवासी ६५ वर्षीय लक्ष्मण पासवानलाई पासवानका परिवारजनले दिएको जानकारीका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले सिरहा नगरपालिका, ठेम्हीबाट फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शेखर कोइरालाले जानकारी दिनुभयो ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology