प्रहार न्युज

ओलीको भाषण सुनेर हाँस्दाहाँस्दै वडाध्यक्ष मृत्यु, यस्तो थियो ओलीको भाषण (भिडियो सहित )

जुम्ला – प्रधानमन्त्री केपी शर्मा ओलीको भाषण सुन्दासुन्दै एक जनाको मृत्यु भएको छ । प्रधानमन्त्री ओलीले ‘रारा–कर्णाली पर्यटन वर्ष–२०७५’ को उद्घाटनको क्रममा गरेको सम्बोधन सुन्दासुन्दै जुम्लाका एक जनप्रतिनिधिको मृत्यु भएको हो ।

जुम्लाको कनकासुन्दरी गाउँपालिका–७ का वडाध्यक्ष कालीबहादुर घर्ती कार्यक्रममै ढलेका थिए । प्रधानमन्त्रीले महोत्सव उद्घाटनको क्रममा सम्बोधन गरिरहँदा घर्ती ढलेका थिए ।

प्रत्यक्षदर्शी वीरबहादुर घर्तीका अनुसार प्रधानमन्त्रीको ब्याग्यत्मक भाषण सुनेर घर्ती सुरुमा हासेका थिए । उनले हासो रोक्न सकेका थिएनन् । हासो नियन्त्रण गरे तर लगत्तै उनी ढलेका थिए, अनलाइन डबलीमा खबर छ ।

नेकपा एमालेबाट निर्वाचित वडाअध्यक्ष घर्तीलाई बेहोस अवस्थामै नजिकै रहेको स्वास्थ्य शिविरमा उपचारको लागि लगिएको थियो । शिविरमा रहेका स्वास्थ्यकर्मीहरुले मृत घोषणा गरेका थिए ।  यदि घर्तीले भनेजस्तै कालिबहादुरको मृत्यु हाँस्दाहाँस्दै भएको हो भने प्रधानमन्त्रीको भाषण सुनेर मृत्यु हुने उनी पहिलो व्यक्ति हुनेछन् ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology