महानायक एमाले प्रवेश गर्ने खबरले प्रचण्ड माओवादीलाई ऐठन, एमाले प्रवेश गर्नु अगावै यसरी हुदैछ माओवादीमा भित्र्याउने कसरत !

महानायक एमाले प्रवेश गर्ने खबरले प्रचण्ड माओवादीलाई ऐठन, एमाले प्रवेश गर्नु अगावै यसरी हुदैछ माओवादीमा भित्र्याउने कसरत !


प्रहार न्युज
  • शुक्रबार, चैत्र ४ २०७८

  • काठमाडौं । केही दिन अघि नेपाली फिल्म क्षेत्रका महानायक राजेश हमाल प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा प्रवेश गर्न लागेको खबर बाहिरियो । महानायक हमाल पार्टी प्रवेश मात्रै नभई काठमाडौं उपत्यकाको मेयरमा उठ्नेसम्मका चर्चा समेत चले । यसमा विभिन्न दलका नेता देखि सर्वसाधारणसम्मले सामाजिक सञ्जालमार्फत विभिन्न खाले प्रतिक्रियाहरु जनाए ।

    यसैबीच सत्तारुढ पार्टी नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठनको नेतृत्व हाकिरहेकी पञ्चा सिंहले राजनीति सिकेर आउन भनेपछि उनीमाथि सञ्जालमा कडा प्रतिक्रिया आएका छन् । सिंहको भनाईपछि महानायक हमाल एमाले प्रवेश गर्ने खबरले माओवादी ऐठन भएको, हमाललाई आफ्नो पार्टीमा प्रवेश गरिदिए हुन्थ्यो भन्ने सोचेको लगायतका टिकाटिप्पणी भए ।

    के भनेकी थिईन् पञ्चा सिंहले ? माओवादीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) अध्यक्ष सिंहले अभिनेता राजेश हमाललाई काठमाडौको मेयर ताक्नु अघि राजनीति सिकेर आउन आग्रह गरेकी थिइन् ।

    क्रान्तिकारी एक नम्बर प्रदेश समितिद्वारा बिहिबार सुनसरीको धरानमा आयोजित कार्यक्रलाई सम्बोधन गर्ने क्रममा नेतृ सिंहले नेपाली सिने क्षेत्रमा महानायकको उपाधि पाएका नायक हमाललाई राजनीति सिक्न माओवादीमा आउन सुझाव दिएकी थिइन् ।

    ‘राजेश हमाल मेरा मनपर्ने कलाकार हुन । नेपाली कला क्षेत्रमा उनको नाम प्रति म पनि सम्मान ब्यक्त गर्छु । तर तपाइले देखिराख्नुभएको छ । एउटा कमेडियनले आफ्नो लोकप्रियतालाई प्रयोग गरेर मुलुकको नेतृत्त्व गर्दा युक्रेनको कुटनितीले कसरि हावा खाइरहेको छ ।’

    ‘राजनितिक अनुभव नभएका एउटा कलाकारलाई अति विश्वास गरेर रातारात सत्तामा पुर्याउँदा युक्रेनि जनताले कसरि बरवादीको सामना गर्नु परिरहेको छ रुु उनको प्रन थियो । नेतृ सिंहको थप प्रश्न थियो ‘काठमाडौंको मेयर लड्ने ? त्यो पनि प्रतिगमनकारी केपी वलिको पार्टीबाट टिकट लिएर ? यो त दुई(दुईपटक जननिर्वाचित संसदको हत्या गर्ने वलि राजनितीलाई ‘सपोर्ट’ गरेको ठहरिन्न र हमालजी ?’

    परिवर्तनको पक्षधर राजनिती गर्न सुझाउँदै उनले भनिन ‘राजनिती गर्ने नै भए आउनुस अलिकति तयारि सहित अग्रगमन र परिवर्तनको पक्षमा रहेका शक्तिसँग मिलेर सहकार्य गरौं । नत्र फरक क्षेत्रबाट राजनितीमा आएका रबिन्द्र मिश्रको असफल राजनितीले पुष्टी गरिसकेको छ ।

    कार्यक्रम एक नम्वर प्रदेशभरिका नेता कार्यकर्ताहरुबीच संगठन, पार्टी र आगामी चुनाव सम्बद्ध विविध बिषय केन्द्रित प्रशिक्षणकार्यक्रमलाई बिध्यार्थी नेताहरु दिपेश पुन महेन्द्र भट्टराई लगायतले सम्बोधन गरेको अखिल (क्रान्तिकारी) नेता जिसस न्यौपानेले जानकारी दिए ।

    प्रतिक्रिया
    नयाँ अपडेट
    धेरै पढिएको
    अन्य समाचार