पचेन प्रचण्ड माओवादीलाई तितो–सत्यः मध्यराती चाल्यो यस्तो कडा कदम, अब के गर्लान् प्रकाश सपुत ?

पचेन प्रचण्ड माओवादीलाई तितो–सत्यः मध्यराती चाल्यो यस्तो कडा कदम, अब के गर्लान् प्रकाश सपुत ?


प्रहार न्युज
  • शुक्रबार, चैत्र ४ २०७८

  • काठमाडौं । ९९ दशमलब ९९ प्रतिशत दर्शकस्रोताबाट वाहीवाही पाएको पिर बोलको म्युजिक भिडियोले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्रको छाती पोलेको खबर छ । नेकपा माओवादी निकट ४ संगठनले गायक प्रकार सपुतको पिर बोलको गीत तत्काल युट्युबबाट हटाउन माग गरेका छन् ।

    जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्धा सङ्घका  इन्चार्ज दिपेन्द्र कुमार पुन, अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) का अध्यक्ष अमृता थापामगर, जनसांस्कृतिक महासङ्घ, अध्यक्ष मातृका पोखरेल, र प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटाले आइतबार संयुक्त विज्ञप्ति निकालेर म्यूजिक भिडियो सार्वजनिक गरिएको घटनाप्रति घोर आपत्ति प्रकट गर्दै तत्काल युट्युव च्यानलबाट हटाउन माग गरेका हुन् ।

    ‘२०७८ फागुन २७ गते शुक्रबार प्रकाश सपुत युट्युव च्यानलबाट सार्वजनिक गरिएको म्यूजिक भिडियो ‘पीर’ले चित्रण गरेको विषयवस्तुप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। दश बर्षे महान जनयुद्धमा जनमुक्ति सेनाहरुले गरेको योगदानप्रति अपमान गर्दै जनयुद्धलाई नै विद्युतीकरण गर्न खोजिएको उक्त म्यूजिक भिडियो सार्वजनिक गरिएको घटनाप्रति हामी घोर आपत्ति प्रकट गर्दै तत्काल युट्युव च्यानलबाट हटाउन जोडदार माग गर्दछौं’, संयुक्त वक्तव्यमा भनिएको छ ।

    दश वर्षे जनयुद्धले व्यवस्था परिवर्तन गरे पनि योद्धाहरुको जीवन परिवर्तन नभएको उद्घोषबाट सुरु गरिएको म्यूजिक भिडियोमा जनमुक्ति सेना र घाइते योद्धाहरुलाई अहिले आफ्नो जीवन धान्नको लागि देह व्यापार र परस्त्रीगमनमा लागेको भ्रमपूर्ण दृश्यहरु देखाइएको भन्दै विज्ञप्तिमा आपत्ति जनाइएको छ ।  यस्तै महिलाहरुको चरित्र हत्या गरी अश्लील र घोर अपमानजनक ढंगले प्रस्तुत गरिएको पनि आरोप लगाइएको छ ।

    सिङ्गो परिवर्तनकारी शक्तिको मानमर्दन गर्ने, घृणा र द्वेष फैलाउने कार्यका साथै विचारधारात्मक तथा राजनैतिक मूलप्रवाहलाई नै मजाक गरिएको अभिव्यक्ति  एवं दृश्य माओवादी आन्दोलनको लागि खेदपूर्ण भएको विज्ञप्तिमा उल्लेख छ ।

    वक्तव्यमा उक्त म्यूजिक भिडियो युट्युव च्यानलबाट तुरुन्त हटाई यस्ता निन्दनीय गतिविधि तुरुन्त बन्द गर्न र आम नेपाली जनतासामु सार्वजनिक रुपमा गल्ती स्वीकार गरी माफी माग्नसमेत आग्रह गरिएको छ ।

     

    यस्तै यता माओवादीका पूर्वलडाकुहरूको पीडालाई समेटेर ‘पिर’ शीर्षकको म्युजिक भिडिओ सार्वजनिक हुनासाथ गायक प्रकाश सपुतलाई सत्तारुढ नेकपा माओवादी केन्द्रका नेताहरूले त्यो गीत तुरुन्त युट्युबबाट हटाउन चेतावनी दिइरहेका छन्।

    उक्त म्युजिक भिडिओमा पहिले जनयुद्ध लडेका महिला अहिले अभावका कारण शरीर बेच्न बाध्य भएको सांकेतिक दृश्य देखाइएको छ, जसले जनयुद्ध लडेका महिला योद्धाहरूको अपमान गरेको भन्दै माओवादी केन्द्रका नेताहरू रुष्ट भएका छन् र गीत नहटाएका कारबाही गर्ने चेतावनीसमेत दिइरहेका छन्।

    यतिबेला पिर गीताका पक्ष र विपक्षमा टिकाटिप्पणी गर्ने क्रम तीव्र बनेको छ। माओवादी केन्द्रमा आबद्धहरूले गम्भीर आपत्ति जनाइरहेका छन् भने पूर्वमाओवादी र गैरमाओवादीहरूले भने गीतले यथार्थ चित्रण गरेको भन्दै प्रतिवाद गरिरहेका छन्।

    यसैबीच नेकपा एमालेको भ्रातृ संस्था राष्ट्रिय युवा संघ नेपालको युथ फोर्सले गायकलाई धम्की नदिन चेतावनी दिएको छ। इतबार युथ फोर्सका प्रमुख पुष्पराज श्रेष्ठले  विज्ञप्ति जारी गरी गायक प्रकाश सपुतलाई दिएको धम्कीप्रति आपत्ति जनाएका हुन्।

    ‘देशको गहनाका रुपमा उदयमान प्रकाश सपुतजस्तो प्रतिभाविरुद्ध भइरहेका धम्कीपूर्ण भाषाको प्रतिकार गर्न युथ फोर्स नेपाल हरदम तयार छ’, विज्ञप्तिमा भनिएको छ, ‘यदि कानुनसम्मत भएको रचनालाई कसैले धम्की दिई रोक्न खोजिन्छ र राजनीतिक नाममा अराजनीतिक गतिविधि गर्न खोजिन्छ भने यसको प्रतिकार गर्ने मुलुकमा युथ फोर्स नेपाल रहेको अवगत गराउँदै यस्ता धम्कीपूर्ण कार्य रोक्न सुझाव दिन चाहन्छौं।’

    प्रतिक्रिया
    नयाँ अपडेट
    धेरै पढिएको
    अन्य समाचार