हुने नै भयो तेस्रो विश्वयुद्ध ? अमेरिकी चेतावनीपछि पुटिनले गरेको यो घोषणाले विश्वभर बढ्यो त्रास !

हुने नै भयो तेस्रो विश्वयुद्ध ? अमेरिकी चेतावनीपछि पुटिनले गरेको यो घोषणाले विश्वभर बढ्यो त्रास !


प्रहार न्युज
  • शुक्रबार, चैत्र ४ २०७८

  • एजेन्सी । रुसले ’विश्वको मै हुँ’ भन्ने ’सुपरपावर’लाई ठेगान लगाउने सामर्थ्य आफूसँग भएको चेतावनी दिएको छ । अमेरिकाप्रति लक्षित गर्दै रुसले पश्चिमा जगतले रुसलाई तहसनहस बनाउन डरलाग्दो किसिमले घृणा फैलाउने काम गरिरहेको तर यसले केही फरक नपर्ने बताएको छ ।

    सन् २००८ देखि २०१२ सम्म रुसको राष्ट्रपति रहेका तथा हाल रुसको सुरक्षा परिषद्को उपसचिव दिमित्री मेदभेदेभले भनेका छन्, “अमेरिकाले रुसलाई घुँडा टिकाउने प्रयास स्वरूप रुस विरोधी भावना फैलाउने घृणित काम गरिरहेको छ । यसले केही गर्न सक्तैन । रुससँग सम्पूर्ण शत्रुलाई आ–आफनो ठाउँमा राख्ने शक्ति छ ।“

    २४ फ्रेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरेयता अमेरिका, युरोपेली संघ र अमेरिकाको एसियाली गठबन्धनले रुसी नेता, कम्पनी र व्यापारीहरूमाथि प्रतिबन्ध लगाउँदै रुसलाई अन्तर्राष्ट्रिय अर्थतन्त्रबाट अलग्याएका छन् ।

    रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भनेका छन्, “अमेरिकाले युक्रेनलाई प्रयोग गरेर रुसलाई तर्साउन खोजेकाले र युक्रेनमा रहेका रुसी भाषा बोल्ने वासिन्दाको आम नरसंहार हुन नदिन युक्रेनमा विशेष सैनिक अभियानका आवश्यक परेको हो ।“

    तर युक्रेनले आफू आफ्नो अस्तित्वका लागि लडिरहेको र पुटिनको ’आम नरसंहार’ दाबी वाहियात भएको बताएको छ । त्यसैगरी पश्चिमा जगतले रुसलाई तहसनहस पार्न खोजिएको भन्ने दाबी पनि काल्पनिक भएको जनाएको छ ।

    रुसले अमेरिकाको नेतृत्वमा पश्चिम जगतले आफूमाथि लगाइएका भ्रष्ट र बेइमान प्रतिबन्धका बाबजुद राम्रो गर्ने सक्ने बताएको छ । साथै रुसले सन् १९९१ मा सोभियत संघको विघटनपछि आफूले पश्चिमा जगतसँग गरेको सम्बन्ध विस्तार अब समाप्त भएको र अब आफूले अन्य शक्तिहरूजस्तै चीनसँग सम्बन्ध विकास गर्ने जनाएको छ ।

     

    प्रतिक्रिया
    नयाँ अपडेट
    धेरै पढिएको
    अन्य समाचार