एमसीसी पास भएको महिनादिन नबित्दै दलबलसहित काठमाडौंमा ओर्लियो अमेरिकी सेनाको जहाज, के भन्छ एयरपोर्ट प्रशासन ?

एमसीसी पास भएको महिनादिन नबित्दै दलबलसहित काठमाडौंमा ओर्लियो अमेरिकी सेनाको जहाज, के भन्छ एयरपोर्ट प्रशासन ?


प्रहार न्युज
  • शुक्रबार, चैत्र ४ २०७८

  • काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी नेपालीहरुको मनमनमा कसरी भिजेको छ भन्ने कुरा आजको एउटा घटनाले पुष्टि गरेको छ ।

    एमसीसी अनुमोदन भएको महिनादिन नबित्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी सेनाको जहाज ओर्लिएपछि सामाजिक सञ्जालमा खैलाबैला नै मच्चिएको हो ।

    सामाजिक सञ्जालमा फोटो र भिडियो राखेर चर्चा गर्न सुरू भएको छ। विमानस्थल प्रशासन स्रोतका अनुसार शुक्रबार काठमाडौं आएको कार्गो जहाजले अमेरिकी दूतावास र कूटनीतिक निकायका सामग्री ल्याएको छ।

    ‘आज आएको जहाजले सधैं झैं कूटनीतिक निकाय र दूतावासका सामग्री लिएर आएको हो,’ विमानस्थलस्थित स्रोतले भन्यो, ‘यो पहिलो पटक आएको होइन, यसअघि पनि कूटनीतिक नियोगका सामग्री लिएर आउने गरेको छ।’

    विमानस्थलका अनुसार शुक्रबार बिहान सवा ९ बजे काठमाडौं आएको जहाज पौने १२ बजे फर्किएको छ। ‘अमेरिकी दूतावास र कूटनीतिक नियोगका सामग्री लिएर शुक्रबार बिहान आएको जहाज फर्किसकेको छ,’ स्रोतले भन्यो।

    संसदबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसी १२ बुँदे व्याख्यात्मक घोषणापछि अमेरिकालाई लिएर नेपालमा संशय व्यक्त हुँदै आएको छ। यही बेला कूटनीतिज्ञसहित अमेरिकी सेनाको जहाज नेपाल आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

     

     

    प्रतिक्रिया
    नयाँ अपडेट
    धेरै पढिएको
    अन्य समाचार