‘हात्तीको कानमा चमेरो बस्न आएको’ भन्ने अभिव्यक्ति हिट भएपछि प्रचण्डमाथि गुरुङले गरे अर्को चोटिलो प्रहार, हल्लियो खुमलटार !

‘हात्तीको कानमा चमेरो बस्न आएको’ भन्ने अभिव्यक्ति हिट भएपछि प्रचण्डमाथि गुरुङले गरे अर्को चोटिलो प्रहार, हल्लियो खुमलटार !


प्रहार न्युज
  • मंगलबार, चैत्र ८ २०७८

  • काठमाडौं – वर्तमान सत्तागठबन्धन जोगाउनकै लागि आफैले राष्ट्रघाती भनेको अमेरिकी सहयोग परियोजना एमसीसी पास गरेका सत्ता घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका लागि फेरि संकट आएको छ । नेपाली कांग्रेसका शीर्ष तहका नेताहरु नै द्धैध चरित्र देखाउने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव कुमार नेपालमाथि कडा प्रहार गर्न थालेका हुन् ।

    कांग्रेस उपसभापति धनराज गुरूङले केही समयअघि विराटनगरमा आयोजित कार्यक्रममा बोल्दै माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी हात्तीको कानमा बस्न आएको चमेरो भन्ने अभिव्यक्ति दिएका थिए।

    ‘कांग्रेस भनेको हात्ती हो, कुकुर भुक्दै गर्दा हात्ती लम्कँदै गर्छ। हात्तीको कानभित्र ओत लाग्न पाऊँ भन्दै केही चमेराहरू निवेदन दिइरहेका छन्, हात्तीको कान ठूलो छ भन्दैमा चमेरोलाई ओत दिनुपर्छ, दिन्छ भन्ने कुनै सपना नदेखे हुन्छ,’ उपसभापति गुरूङले भनेका थिए।

    यसतर्फ लक्षित गर्दै आज प्रचण्डले उपसभापति गुरूङले सुन्नै गाह्रो हुने भाषा बोलेको बताएका थिए। यसैबीच नेपाली कांग्रेसका उपसभापति गुरुङले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि अर्को कडा प्रहार गरेका छन् । प्रचण्ड कचौरा लिएर भीख माग्दै बालकोट र बालुवाटार गरिरहेको टिप्पणी गरेका छन् ।

    स्व. गिरिजाप्रसाद कोइरालाको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उपसभापति गुरुङले बृहत शान्ति सम्झौतामा एकपट्टी गिरिजाप्रसाद कोइरालाले हस्ताक्षर गरेको र अर्को तर्फ प्रचण्डले गरेको भए पनि आज उनको अवस्था भिखारीको जस्तो रहेको बताएका छन् ।

    ‘प्रचण्ड कहिले कचौरा थापेर देउवाको दैलो त कहिले बालकोट पुगेर छ्याइछ्याइ पारिरहनु भएको छ’ उनले भने । प्रचण्ड यसरी हिँडे बैशाख ३० गते तय भएको स्थानीय तहको निर्वाचनमा कतै तालमेल नभएर माओवादी रित्तो हात फर्किन पर्ने अवस्थासमेत आउने उनको भनाइ थियो ।

    ‘कहिले शेरबहादुर देउवाकोमा माग्न जाँदा कहिले केपी शर्मा ओलीकोमा माग्न जाँदा कतैबाट सहयोग नमिलेर तपाईंको कचौरा ३० गतेपछि खालि नहोस् भनेर कामना गर्दछु,’ उनले भने ।

    प्रतिक्रिया
    नयाँ अपडेट
    धेरै पढिएको
    अन्य समाचार