रुस ब्याक नहुने देखेपछि पश्चिमा राष्ट्रहरुले गरे भयङ्करै तयारी, चीनले भन्योः कुनै पनि हालतमा साथ दिन सकिदैन्

रुस ब्याक नहुने देखेपछि पश्चिमा राष्ट्रहरुले गरे भयङ्करै तयारी, चीनले भन्योः कुनै पनि हालतमा साथ दिन सकिदैन्


प्रहार न्युज
  • बुधबार, चैत्र ९ २०७८

  • बिबिसी – विश्वका २० शक्तिशाली राष्ट्रको समूह जी–२० बाट रुसलाई निस्कासित गर्न पश्चिमा राष्ट्रहरुले तयारी थालेका छन्। तर चीनले भने पश्चिमा राष्ट्रको त्यस्तो तयारीको विरोध गरेको छ। चीनको विदेश मन्त्रालयका प्रवक्ता वांग वेनबिनले बुधबार भनेका छन्,‘जी–२० बाट कसैलाई पनि कसैले निस्कासित गर्ने अधिकार राख्दैनन्।’

    रोयटर्सका अनुसार जी–२० बाट रुसलाई हटाउन अमेरिकासहितका पश्चिमा राष्ट्रले परामर्श थालेका छन्। जी–२० विश्वको सबैभन्दा बढी अर्थव्यवस्था भएका राष्ट्रको समूह हो। यसको उद्देश्य विश्वलाई प्रभावित गर्ने वैश्विक अर्थव्यवस्था, जलवायु परिवर्तन र विकासका काममा मिलेर अगाडि बढ्नु हो।

    यदी रुसलाई जी–२० बाट हटाइए रुसले ठूलो आर्थिक प्रतिबन्धहरु झेल्नसक्छ। यद्यपी भारत, चीन र साउदी अरबजस्ता राष्ट्रले त्यसो हुन नदिन भिटो शक्तिको प्रयोग गर्नसक्छन्। किनभने युक्रेनलाई रुसले आक्रमण गरिरहँदा यी राष्ट्रले रुसको आलोचना गरेका छैनन् भने रुसमाथि कुनै किसिमको प्रतिबन्ध पनि लगाएका छैनन्।

    यस्तै यता रुसले अतिक्रमण गरेको एक महिना पुग्नै लाग्दा युक्रेनी सेनाले कतिपय ठाउँमा सफलतापूर्वक प्रत्याक्रमण गरिरहेको अमेरिकाले बताएको छ। युक्रेनी सेनाले खासगरि दक्षिणी भेगमा त्यस्ता कारबाही गरिरहेको पेन्टागनले जनाएको छ। अमेरिकी रक्षा मन्त्रालयका अनुसार अतिक्रमणकारी रुसी सेनाको कब्जामा पुगेका केही भूभागमा पुनः नियन्त्रण कायम गर्नेगरी युक्रेनी सेनाले सफलतापूर्वक कारबाही गरिरहेको छ।

    पेन्टागनका प्रवक्ता जोन कर्बीले युक्रेनीहरू खासगरि दक्षिणी भूभागका केही क्षेत्रमा प्रत्याक्रमणमा उत्रिएको बताएका छन्।राजधानी किएभस्थित बीबीसी सम्वाददाता लीज डुसेटले अतिक्रमण सुरु हुँदाताका पूर्णतः रक्षात्मक अवस्थामा रहेका युक्रेनीहरू अहिले ठाउँठाउँमा प्रत्याक्रमणमा उत्रिएको बताइन्।

    “क्राइमियाको सबभन्दा नजिक रहेको र रुसी कब्जामा गएको खेअरसन सहरलाई आफ्नो नियन्त्रणमा लिन युक्रेनीहरू प्रयत्नरत रहेका छन्,“ उनले बताइन्।
    दक्षिणको अर्को सहर भोज्नेसेन्स्कमा स्थानीय नागरिक तथा युक्रेनी सेनाले रुसी ट्याङ्कको एक लहरलाई नै ध्वस्त पारेर सहरमा आक्रमण गर्न खोज्ने रुसी सेनालाई पछि हट्न बाध्य पारेका छन्।

    राजधानी किएभको पश्चिममा रहेको माकारिभ नगरमा फेरि युक्रेनी झन्डा फहराइएको विवरण आएका छन्। तर दक्षिणी बन्दरगाह सहर मारिओपोलमा भने सहरको केन्द्रमै चर्को लडाइँ भइरहेका छन्। त्यहाँ रुसी बमबारी रोकिएको छैन। युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले मारिओपोल सहर नै अब बाँकी नरहेको समेत बताएका छन्।

    युक्रेनकी उपप्रधानमन्त्रीले इरिना भेरेस्चुकले ६ दिन अगाडि बमबारीमा परेको थिएटरमा फसिरहेको ठानिएका सयौँ मानिसलाई उद्धार गर्नबाट अझैपनि उद्धारकर्मीहरूलाई रोकिएको बताएकी छन्। कम्तीमा एक लाख मानिस मारिओपोल सहरबाट भाग्न खोजिरहेको र उनीहरू खाना र पानीको अभावबाट गुज्रिरहेको उनले बताइन्।

    प्रतिक्रिया
    नयाँ अपडेट
    धेरै पढिएको
    अन्य समाचार