चुनावको मुखैमा माधव नेपाललाई ओलीको फोन, ओलीको यस्तो प्रस्ताव नेपालले गरे ठाडै अस्वीकार !

चुनावको मुखैमा माधव नेपाललाई ओलीको फोन, ओलीको यस्तो प्रस्ताव नेपालले गरे ठाडै अस्वीकार !


प्रहार न्युज
  • शनिबार, चैत्र १९ २०७८

  • काठमाडौं । सत्तारुढ दलहरुबीच चुनावी तालमेलको औपचारिक निर्णय भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले झस्किएको छ । उक्त निर्णयलाई देशभरका सबै पालिकामा कार्यान्वयन गर्न कठिन देखिएपनि धेरै पालिकामा कार्यान्वयन हुने देखिएको छ ।

    आसन्न चुनावमा गठबन्धनसँग भिड्न एमालेलाई कठिन हुने देखिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हरेक दिनजसो गठबन्धनसँग एमाले एक्लै भिड्न तयार रहेको भाषण गरेपनि उनले आसन्न चुनावमा तालमेलको लागि नेताहरुको साथ खोज्न थालेको तथ्य बाहिरिएको छ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै अध्यक्ष ओली पनि भित्रभित्रै आत्तिन थालेको तथ्यहरु बाहिरिन थालेका छन् ।

    सत्तारुढ गठबन्धनका दल तीनै तहको निर्वाचनमा मिलेर जान सहमत भएसँगै ओली अतालिएका हुन् । गठबन्धन यथावत हुँदा तीनै तहको निर्वाचनमा सर्वनाक हार हुने बुझेर अतालिएका ओली नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘मिलौन’ भनेर बारम्बार म्यासेज गरिरहेका छन् ।

    ओलीले प्रचण्डलाई ‘मिलौन’ भनेर म्यासेज गर्नु खासै ठूलो कुरा भएन । तर, भर्खरै एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गरेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई समेत ‘मिलेर अघि बढौं, म एककदम पछि हट्न तयार छु’ भन्दै फोन तथा म्यासेज गर्नु चाहिँ अचम्मको कुरा हो ।

    एकीकृत समाजवादीका अध्यक्ष नेपाल अहिले टर्कीमा छन् । जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलनमा माग लिन टर्की पुगेका हुन् । नेपाल भोली नै स्वदेश फर्कँदै छन् । तर, पराजयको डरले छटपटीमा रहेका ओलीले फोन गरेर सत्ता गठबन्धन तोड्ने प्रयास गरेका हुन् ।

    ओलीले हिजो नेपालगञ्जबाट टर्कीमा रहेका नेपाललाई फोन गरेर सहमति भए आफू एककदम पछि हट्न तयार रहेको बताएका हुन् । नेपालले भने जवाफमा ‘यस्तो कुरा सम्भव छैन’ भनेका छन् । एक कदम पछि हट्न तयार छु भनेर के भन्न खोजेका हुन् त्यो भने ओलीले खुलाएनन् । ।

    प्रतिक्रिया
    नयाँ अपडेट
    धेरै पढिएको
    अन्य समाचार