रुसले युक्रेनमा जस्तै चीनले पनि यो देशमाथि आक्रमण गर्ने तयारी गरेको हो ? अमेरिकालाई किन दियो यस्तो खतरनाक धम्की ?

रुसले युक्रेनमा जस्तै चीनले पनि यो देशमाथि आक्रमण गर्ने तयारी गरेको हो ? अमेरिकालाई किन दियो यस्तो खतरनाक धम्की ?


प्रहार न्युज
  • बिहिबार, चैत्र २४ २०७८

  • एजेन्सी – चीनले अमेरिकाकी सभामुख नेन्सी पलोसीले ताइवानको यात्रा गरिन् भने आफूले कडा कदम चाल्ने चेतावनी दिएको छ । मिडियामा नेन्सी पलोसी ताइवानको यात्रा गर्न लागेको खबर आइरहेको छ ।

    चीनमा विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजियानले चीनले ताइवान र अमेरिकाका बीच कुनै पनि आधिकारिक सम्पर्कको विरोध गर्छ र अमेरिकाको नेन्सी पोलिसीको यात्रा रद्द गर्नुपर्ने बताएको छ ।

    चीनले एक चीन नीति अन्तर्गत ताइवानलाई आफ्नो हिस्सा ठान्छ जबकी ताइवान आफूलाई एक स्वतन्त्र देश मान्छ र त्यहाँ जनताले छानेको सरकार पनि छ । जाओ लिजियानले भने, ‘यदि नेन्सी पेलोसीले ताइवानको यात्रा गरिन् भने यसको नतिजा अमेरिकाले भोग्नुपर्नेछ । ’

    यद्यपि, उनले यसबारे विस्तृत विवरण भने दिएका छैनन् । सन् १९९७ मा अन्तिम पटक अमेरिकी संसदका कुनै सभामुखले ताइवानको यात्रा गरेका थिए । नेन्सी पलोसी चीनको कडा आलोचक हुन् र थुप्रै मौकामा उनले मानवाधिकार उल्लंघनको आरोप लगाएकी छिन् ।

    प्रतिक्रिया
    नयाँ अपडेट
    धेरै पढिएको
    अन्य समाचार