देउवा सरकार रनभुल्ल परेका बेला अर्थतन्त्र जोगाउन एमाले ओर्लियो मैदानमा

देउवा सरकार रनभुल्ल परेका बेला अर्थतन्त्र जोगाउन एमाले ओर्लियो मैदानमा


प्रहार न्युज
  • आइतबार, चैत्र २७ २०७८

  • काठमाडौं । सत्ताको बागडोर सम्हालिरहेको शेर बहादुर देउवा नेतृत्वको सरकारभन्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एक कदम अगाडी देखिएको चर्चा हुन थालेको छ । अर्थतन्त्र श्रीलंकाको बाटोतर्फ अगाडी बढिसकेको चिन्ता र चासो व्यक्त भइरहदा पनि खासै वास्ता नगरेको देउवा सरकार भन्दा एमाले गम्भीर बनेको भन्दै प्रशंसा हुन थालेको छ ।

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तीन पूर्वअर्थमन्त्रीहरूलाई सहभागी गराएर मुलुकको आर्थिक अवस्थाबारे पार्टीको धारणा सार्वजनिक गर्ने भएको छ। केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार आज होटल हिमालय कुपन्डोलमा मध्यान्ह १२ः३० बजे पत्रकार सम्मेलन गर्न लागिएको छ।

    उनले मुलुकको आर्थिक अवस्थाका बारेमा पार्टीको धारणा सार्वजनिक गरिने बताए। कार्यक्रममा एमालेका नेतासमेत रहेका पूर्वअर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज खतिवडा सहभागी हुने बताइएको छ।

    शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र बिग्रँदै गएको बताएका थिए। सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेकोलगायत समसामयिक विषयमा पनि एमालेले आज धारणा राख्न लागेको छ।

    बिहीबारको मन्त्रिपरिषद बैठकले गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको थियो। मुलुकको अर्थतन्त्र जोगाउन गभर्नर अधिकारीले प्रयास गरिरहेको अवस्थामा उनलाई सरकारले निलम्बन गरेको एमालेको आरोप थियो।

    प्रतिक्रिया
    नयाँ अपडेट
    धेरै पढिएको
    अन्य समाचार