‘आक्रमण गर्नु पहिले युक्रेनलाई रुसले जे भनेको थियो अहिले युरोपका यी दुई देशलाई पनि त्यही भन्यो’

‘आक्रमण गर्नु पहिले युक्रेनलाई रुसले जे भनेको थियो अहिले युरोपका यी दुई देशलाई पनि त्यही भन्यो’


प्रहार न्युज
  • मंगलबार, चैत्र २९ २०७८

  • एजेन्सी । रुसले फिनल्यान्ड र स्वीडेनलाई पश्चिमा सैन्य सङ्गठन नेटोमा सामेल नहुन आग्रह गरेको छ । रुसले फिनल्यान्ड र स्वीडेन नेटोमा सामेल भए युरोपमा स्थायित्व नआउने चेतावनी दिएको बीबीसीले जनाएको छ ।

    रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले नेटो सङ्गठन रुससहित विभिन्न देशमा अस्थिरता निम्त्याउने माध्यमका रुपमा रहेको आरोप समेत लगाउनुभएको छ ।

    रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण गर्दै आएको छ । युक्रेन नेटोमा सामेल हुन नहुने रुसको मुख्य माग छ। आउँदो जुनको सुरुमा फिनल्यान्ड र स्वीडेनको नेटो सदस्यबारे छलफल हुने सम्भावना छ ।

    तर रुसले युक्रेनमा गरेको आक्रमणपछि फिनल्यान्ड र स्वीडेनमा नेटोमा सामेल हुने पक्षमा जनमत बढ्दो छ। सन् १९४९ मा सोभियत विस्तार खतराको सामना गर्न नेटोको गठन भएको थियो।

    यता युद्धका कारण यो वर्ष युक्रेनको अर्थतन्त्र झन्डै ४५ प्रतिशतले घट्ने प्रक्षेपण गरिएको छ । विश्व बैंकको प्रक्षेपणले युद्धका कारण युक्रेनको अर्थ व्यवस्था कोरोना महामारी कारण पूर्वी युरोप र मध्य एसियामा परेको असर भन्दा बढी हुने देखाएको छ। युक्रेनमा शासन चलाइराख्न अनि कठिनाइमा परेका मानिसलाई राहत दिन ठूलो परिमाणमा वित्तीय सहयोग तत्काल खाँचो भएको पनि विश्व बैंकले जनाएको छ ।

    युक्रेनका धेरैजसो काम गर्ने समूहका मानिस या त लड्न या त भाग्न बाध्य भएका छन्। व्यापार बन्द छन्। सडक, कारखाना अनि अन्य पूर्वाधार ध्वस्त भएका छन्। वर्षौँको प्रगति शून्यमा झरेको छ ।

    युक्रेनले विश्वभरि नै गहुँ र सूर्यमुखीको तेल निर्यात गर्ने गर्थ्यो जुन अहिले ठप्प भएको बीबीसीले उल्लेख गरेको छ । यसले गर्दा विश्वभरि नै खाद्यान्नको मूल्य बढ्ने अनुमान छ ।

    प्रतिक्रिया
    नयाँ अपडेट
    धेरै पढिएको
    अन्य समाचार