अर्थमन्त्री जनार्दनको छहारी पाएका शाहलाई ब्याक टु ब्याक धक्का, सर्वोच्चले दियो यस्तो आदेश !

अर्थमन्त्री जनार्दनको छहारी पाएका शाहलाई ब्याक टु ब्याक धक्का, सर्वोच्चले दियो यस्तो आदेश !


प्रहार न्युज
  • मंगलबार, बैशाख ६ २०७९

  • काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको छहारी पाएका पृथ्वी बहादुर शाहलाई अर्को धक्का लागेको छ । सर्वोच्च अदालतले पृथ्वीबहादुर शाहको बैंक खाता फुकुवा गर्न अस्वीकार गरेको छ ।

    नेपाल राष्ट्र बैंकले उनको बैंक खाता सञ्चालनमा लगाएको रोकविरुद्ध शाहले दिएको निवेदनमा सर्वोच्चले अन्तरिम आदेशमार्फत खाता फुकुवा गर्न अस्वीकार गरेको हो ।

    न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार चुडालको सोमबारको संयुक्त इजलासले वर्ल्ड एक्सपोर्ट एन्ड इम्पोर्ट प्रालिको नाममा रहेको प्रभु बैंकको खाता फुकुवा गर्न अस्वीकार गरेको हो । उक्त खातामा अमेरिकाबाट आएको चार करोड ८० लाख रुपैयाँ फुकुवाका लागि शाहले अन्तरिम आदेशको माग गर्दै निवेदन दिएका थिए । उक्त रकम नेपाल भित्र्याउन अर्थमन्त्री जनार्दनले सघाएका थिए ।

    राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा शाह, उनका नातेदार र कम्पनीको नाममा रहेको खाता रोक्का राखेर अनुसन्धान थालेको थियो भने केन्द्रीय अनुसन्धान ब्युरो र सम्पत्ति शुद्धीकरण विभागलाई पनि शाहका कारोबारको विवरण पठाएर अनुसन्धान गर्न भनेको थियो । त्यसविरुद्ध शाह सर्वोच्च पुगेका थिए । सोमबार न्यायाधिशद्वयको संयुक्त इजलासले मुद्दा पूर्ण सुनुवाइमा पेस गर्न आदेश दिएको छ ।

    प्रतिक्रिया
    नयाँ अपडेट
    धेरै पढिएको
    अन्य समाचार