काठमाडौं । पछिल्लो समय देशव्यापी चर्चाको शिखरमा रहेको राजेन्द्र लिङ्देनको नेतृत्वमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको काठमाडौँ महानगरपालिकाको मेयरका लागि चर्चित हास्यकलाकारलाई मैदानमा उतारेको छ ।
लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवारमा कलाकार मदनदास श्रेष्ठलाई सिफारिस गरेको हो । महानगर समितिको बिहीबार बसेको बैठकले मेयरको उम्मेदवारका लागि कलाकार मदनदास श्रेष्ठको नाम सिफारिस गरेको गरेको हो ।
यसअघि पार्टीको शीर्ष तहमा श्रेष्ठलाई मेयरको उम्मेदवारमा मदनसहित पूर्वसचिव केदारबहादुर अधिकारी र पूर्वएसएसपी दीपक रञ्जितको नाममा छलफल भएको थियो ।