रुसी आक्रमण विफल पार्न युक्रेनलाई अमेरिकाले हतियारका साथसाथ अर्को भयङ्कर ठूलो सहयोग गरिरहेको खुलासा

रुसी आक्रमण विफल पार्न युक्रेनलाई अमेरिकाले हतियारका साथसाथ अर्को भयङ्कर ठूलो सहयोग गरिरहेको खुलासा


प्रहार न्युज
  • बिहिबार, बैशाख १५ २०७९

  • वासिङटन । रुसी आक्रमणको क्रममा अमेरिकाले युक्रेनी फौजलाई गोप्य सूचना दिएर सहयोग गर्ने गरेको खुलासा भएको छ । पूर्व तथा वर्तमान अमेरिकी अधिकारीहरूले एनबीसी न्युजलाई दिएको जानकारीअनुसार अमेरिकाले कहिले र कुन स्थानमा रुसी क्षेप्यास्त्र र बम प्रहार हुन लागेका छन् भन्नेबारे युक्रेनी फाजैलाई विस्तृत सूचना दिने गरेको छ । जसले गर्दा युक्रेनले समयमै हवाई प्रतिरक्षा कार्यान्वयन र विमानलाई खतराको बाटोबाट पन्छाउन सफल हुने गरेको छ ।

    यस्तो महत्वपूर्ण र सटिक सूचनाका कारण युद्धका सुरुआती दिनहरूमा युक्रेनले सयौँ फौज बोकेको रुसको एउटा पारवहन सैनिक विमान खसाल्न सकेको र किभ नजिकको एउटा महत्वपूर्ण विमानस्थलमा रुसी हमला असफल बनाउन सकेको पनि ति अधिकारीहरूले बताएका छन् ।

    अमेरिकी अधिकारीहरूले गैर नेटो सदस्य मुलुकलाई उपलब्ध गराइएको व्यापक र अप्रत्यासित गुप्तचरी सूचनाका कारण अहिलेसम्म ठुलो र अत्याधुनिक हातहतियारले सुस्सजित रुसी फौजविरुद्ध युक्रेनले सफलता पाउन सकेको दाबी पनि गरेका छन् ।

    अमेरिकी गुप्तचर निकायहरू र रक्षा मन्त्रालय पेन्टागनले युक्रेनको अधिकांश भू–भाग कब्जा गर्ने रुसी प्रयासलाई असफल बनाउन युक्रेनलाई महत्वपूर्ण गोप्य सूचनाहरूमार्फत सहयोग गर्दै आएका छन् । यस्ता सूचना रणनीतिक रूपमा महत्वपूर्ण सावित हुने गरेको बताइएको छ ।

    एक विज्ञप्तिमार्फत ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद्का एकजना प्रवक्ताले भनेका छन्, “युद्ध भूमिमा रुसी आक्रमणको प्रतिवाद गर्न मद्दत पु¥याउन हामीले नियमित रुपमा समयमै विस्तृत गोप्य सूचना उपलब्ध गराउँदै आएका छौँ । यस कार्यलाई जारी राख्ने छौँ ।“ एनबीसी न्युजबाट ।

    प्रतिक्रिया
    नयाँ अपडेट
    धेरै पढिएको
    अन्य समाचार