केशव स्थापितलाई प्रश्न सोध्दै माफी माग्न लगाउने युवती भावना राउत पार्टीको अमुक कार्यकर्ता

केशव स्थापितलाई प्रश्न सोध्दै माफी माग्न लगाउने युवती भावना राउत पार्टीको अमुक कार्यकर्ता


प्रहार न्युज
  • शुक्रबार, बैशाख १६ २०७९

  • काठमाडौँ – केशव स्थापितलाई उत्तेजित बनाउनेगरी प्रश्न सोध्ने युवती भावना राउत पार्टीको अमुक कार्यकर्ता भएको खुलासा भएको छ । नेशनल कलेजले राउत आफ्नो विद्यालयको नभएको बताइसकेको छ भने उनको फेसबुक वाल हेर्दा उनी रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीको पूर्वकार्यकर्ता भएको स्पष्ट हुन्छ ।

    विवेकशील साझा पार्टीमा लफडा, रविन्द्र मिश्र अल्पमतमा शीर्षक राखिएको एउटा मिडियाको भिडियो सेयर गर्दै उनले लेखेकी छन्, ‘अब त कहिले म यो पार्टि मा आबद्ध थिए भन्न नि लाज लागेको छ्। निर्देश जि तपाई त झनै ठुलो विश्वासघात गरेको पात्र हो, अब बिधि र बिधान का कुरा तपाई का मुख बाट चै पटक्कै सुहाउदैन्। तपाई र मिश्र प्रवित्ति मा के फरक छ? के आधार मा आफु लाई अन्याय भो भन्नु भएको? नाम मात्रै फरक हो तपाई हरु को, नियत र कर्म उस्ता उस्तै छ्। उहाँहरु लाई विश्वास गरेर फेरि आफुँ भ्रम मा नपर्न सबैलाई अनुरोध!!’ हेर्नुस् उनको फेसबुक स्टाटसको स्क्रिन सटः–

     

    कलेजले आज एक विज्ञप्ति जारी गर्दै शैक्षिक संस्थामा भएको राजनीतिक र नीतिगत बहस अन्यत्रै मोडिएर कलेज समेत विवादित बन्न पुगेको भन्दै कलेजले दुख व्यक्त गरेको छ ।

    नेशनल कलेजले आयोजना गरेको छलफलमा काठमाडौँ महानगरपालिकाका मेयर पदका उम्मेदवार केशव स्थापितसँग एक युवतीले मि टु आरोप लागेको भन्दै प्रश्न गरेकी थिइन् । कलेजले स्थानीय तहको निर्वाचनको सन्दर्भमा काठमाडौँ महानगरपालिकाका मेयरहरुसँग गरिएको अन्तक्रिया कार्यक्रममा भएको विवादका बारेमा सञ्चारमाध्यममा आएका समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    त्यसको जवाफमा उम्मेदवार स्थापितले यु आर नाइस लेडी तर थुतुनो ठीक छैन भनि युवतीमाथि टिप्पणी गरेका थिए । त्यही विषयले गर्दा कलेजले आयोजना गरेको राजनीतिक र नीतिगत बहस ओझेलमा परेको भन्दै कलेजले दुख व्यक्त गरेको हो ।

    कलेजले स्थापितलाई प्रश्न गर्ने विद्यार्थी नेशनल कलेजको नभएको समेत स्पष्ट पारेको छ । स्थापितलाई प्रश्न गर्ने युवती राउतले एमाले नेताकार्यकर्ताहरुको विरोध समेत गर्दै आएकी छन् ।

    प्रतिक्रिया
    नयाँ अपडेट
    धेरै पढिएको
    अन्य समाचार