विवाहको साता नबित्दै पतिलाई छाडेर उडिन् केकी

विवाहको साता नबित्दै पतिलाई छाडेर उडिन् केकी


प्रहार न्युज
  • सोमबार, बैशाख १९ २०७९

  • काठमाडौं । पहिलो प्राथमिकता काम त्यसपछि हनिमुन भन्दै पतिलाई नेपालमै छाडेर अभिनेत्री केकी अधिकारी अमेरिका उडेकी छन् । विवाहको एक सातामै अभिनेत्री केकी अधिकारी अमेरिका उडेकी छन् । तर उनको अमेरिकामा यात्रामा पति रोहित तिवारी भने छैनन् ।

    टीभी पर्सनालिटी तथा साथी रीमा विश्वकर्मासँगै केकी अमेरिका उडेकी हुन् । नवविवाहितको योजना मधुमास हुने गर्छ, तर केकीको पतिबिनाकै अमेरिका उडानको योजना हनिमुन रहेन ।

    ‘मेरो डान्स कप यूएसए’ नामक टीभी रियालिटी शोको निर्णायकको रुपमा केकी अमेरिका प्रस्थान गरेकी हुन् । रीमा चाहिं उक्त शोको होस्ट हुन् । सिन्दूर–टीका, मंगलसूत्र र कुर्थामा सजिएकी केकीलाई एयरपोर्ट पु¥याउन रोहित पुगेका थिए ।

    ‘काम मेरो पहिलो प्राथमिकता हो । हनिमुन दोस्रो । विवाहलाई जीवनमा हुने अपरिहार्य घटनाको रुपमा लिन्छु,’ अमेरिका उड्नुअघि केकीले भनिन् । झण्डै तीन साता केकी र रीमा अमेरिकामा रहनेछन् । केकीको विवाहमा सहभागी हुन रीमा गत साता अमेरिकाबाटै आएकी थिइन् ।

    प्रतिक्रिया
    नयाँ अपडेट
    धेरै पढिएको
    अन्य समाचार