बल्ल बाहिरियो रुस गल्नुको रहस्य, चीनले यसरी डुबायो चुर्लुम्मै !

बल्ल बाहिरियो रुस गल्नुको रहस्य, चीनले यसरी डुबायो चुर्लुम्मै !


प्रहार न्युज
  • सोमबार, बैशाख १९ २०७९

  • डेलिमेल । युक्रेन हमला सुस्ताउँदै जानु पछाडिको मुख्य कारण रुसी सैन्य सवारी साधनहरु पनि भएको बताइएको छ जुन हाल युक्रेनी सडकहरुमा जताततै हिलोमा फसेको, ट्यांकहरु अड्किएको देखिन्छ ।

    यसमा रुसी अधिकारीहरुले बलियो टिकाउ महङ्गा टायरको बदलामा सस्तो चिनियाँ वैकल्पिक सामग्रीहरु आयात गरेकाले यस्तो भएको हुन सक्ने प्राविधिक विद्हरुले बताएका छन् ।

    नेटोका सवारीसाधनले ‘मिसेलिन एक्सजीएल टायर’ को प्रयोग गर्दछन् तर चिनियाँ व्यवसायले त्यसैका नक्कली उत्पादन लामो समयदेखि सस्तोमा निर्माण गरिरहेको पाइएको छ । यिनको गुणस्तर नराम्रो भएकामा चिनिन्छ । यस्तोमा महङ्गा सैन्य सवारीमा सस्ता टायर फिट गर्दाको नतिजा स्वरुप नै गाडीहरु कठिन बाटोमा अड्किन पुगिरहेको बताइएको छ ।

    रुसको सैन्य बजेट प्रति वर्ष झन्डै ६० अर्ब डलरको रहेको छ तर त्यहाँका जेनेरलहरु भ्रष्ट हुने गरेकाले पनि आधा बढी रकम विभिन्न स्तरमा घूसखोरीमा सकिने यसअघि न्युजिल्यान्ड टाइम्सलाई एक खुफीया श्रोतले बताएको थियो ।

    जस्तै मिसेलिन एक्सजीएल टायरको मूल्य अलिबाबामा ३६ हजार डलर छ भने त्यसको चिनियाँ विकल्प प्रति २०८ डलरमा पाइन्छ । यसको अर्थ त्यही रकममा ५० सेट चिनियाँ टायर किन्न सकिन्छ ।

    यसैगरी कमजोर व्यवस्थापन अनि लापरबाही र तकनिकी कमजोरीले पनि रुसी सैन्य सवारीले सोचे जस्तो प्रभावकारी काम गर्न नसकेको बताइएको छ । डेलिमेलबाट

    प्रतिक्रिया
    नयाँ अपडेट
    धेरै पढिएको
    अन्य समाचार