राजनीतिमा कलाकारहरुको लर्को लागिरहेका बेला चर्चित कलाकार निर शाहले पनि रोजे यो पार्टी

राजनीतिमा कलाकारहरुको लर्को लागिरहेका बेला चर्चित कलाकार निर शाहले पनि रोजे यो पार्टी


प्रहार न्युज
  • सोमबार, बैशाख २६ २०७९

  • काठमाडौं । चर्चित कलाकार निर शाहलाई पार्टीको कलाकारको ट्याग लागेको छ । काठमाडौं महानगरपालिकाको मेयरका लागि मैदानमा रहेकी सिर्जना सिंहका लागि भोट मागेपछि शाहलाई पार्टीको अर्थात कांग्रेसी कलकार भन्न थालिएको हो । कलाकार शाहले काठमाडौं महानगरपालिकाको मेयर उमेदवार सिर्जना सिंहसँग केशव स्थापितको तुलना गर्न नमिल्ने बताएका छन् ।

    सिंहलाई विगतमा सरकारले नजरबन्दमा राखेको उल्लेख गर्दै उनले स्थापितलाई भने राजाले राज्यकोषको प्रयोग गर्न पाउनेगरी मेयर पदमा नियुक्त गरेको बताए ।

    “तिनै निमित्त राजाले संसारभरको सुख, सुविधा दिएर तिनलाई सरकारी राज्यकोष प्रयोग गर्न पाउने गरीकन यही मेयर पदमा नियुक्त गर्नुभएको होइन ?,” शाहले प्रश्न गरे, “नजरबन्दमा रहने नेत्री सिर्जना सिंहसँग राजाको राज्यकोषबाट सुविधा भोग्ने मान्छेको कुनै तुलना हुन्छ ?”

    काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा शाहले पार्टीको स्वार्थका लागि नै स्थापितलाई राजासँग गहिरो सम्बन्ध बनाउन उनको तत्कालीन पार्टीले सो पदमा पठाएको दाबी गरे ।

    “नत्रभने त्यति सहजै त्यो मानिसले त्यहाँबाट राजीनामा गर्ने, राजीनामा गरिसकेपश्चात फेरी त्यही पार्टीको विभिन्न पदमा घरीघरी पुरस्कृत हुने त्यो इतिहासको बारेमा चिन्तन गर्नु पर्दैन ?,” उनले भने, “अवश्य गर्नुपर्छ ।”

    सोही कार्यक्रममा काठमाडौं महानगरपालिकाकी मेयर उमेदवार सिर्जना सिंहले स्थानीय सरकारले ध्यान पुर्याउन नसक्दा काठमाडौंको मौलिक सभ्यताहरू लोप हुने अवस्थामा पुगेको बताइन् ।

    स्थानीय सरकारले राजनीति मात्र गरेका कारण मौलिक सभ्यता र सम्पदाहरु लोप हुने अवस्थामा पुगेको उनको भनाइ छ । आफू काठमाडौंको मेयरमा निर्वाचित भएमा सम्पदाको संरक्षण र संवर्द्धनमा विशेष ध्यान पुर्याउने उनले बताइन् ।

    प्रतिक्रिया
    नयाँ अपडेट
    धेरै पढिएको
    अन्य समाचार