चिनियाँ राष्ट्रपति शी जिनपिङलाई अकस्मात के भयो ? विश्वभरका कम्युनिष्ट नेताकार्यकर्ताहरु बने चिन्तित !

चिनियाँ राष्ट्रपति शी जिनपिङलाई अकस्मात के भयो ? विश्वभरका कम्युनिष्ट नेताकार्यकर्ताहरु बने चिन्तित !


प्रहार न्युज
  • बुधबार, बैशाख २८ २०७९

  • काठमाडौं । यतिबेला चीन कोरोनाको लहरसँग लडिरहेको छ । संक्रमण रोक्न देशका दुई ठूला सहर बेइजिङ र सांघाईमा धेरै प्रतिबन्धहरू लगाइएको छ। यी सबैको बीचमा चिनियाँ राष्ट्रपति सी जिनपिङको बारेमा महत्वपूर्ण खबर बाहिर आएको छ ।

    सी जिनपिङ सेरेब्रल एन्युरिज्म नामक रोगबाट पीडित रहेको बताइएको छ । यति मात्र होइन, २०२१ को अन्त्यमा उनलाई अस्पताल भर्ना गर्नुपरेको थियो । यो दाबी मिडिया रिपोर्टहरूमा गरिएको समाचार एजेन्सी एएनआइले जनाएको छ।

    रिपोर्टले दाबी गरेको छ कि सी जिनपिङले शल्यक्रिया गर्नुको सट्टा परम्परागत चिनियाँ औषधिहरुबाट उपचार गर्ने निर्णय गरेका छन् । केही समयदेखि सी जिनपिङको स्वास्थ्यबारे अड्कलबाजी भइरहेको थियो किनभने बेइजिङ शीतकालीन ओलम्पिकसम्म उनले कुनै पनि विदेशी नेतासँग भेट गरेका थिएनन् ।

    यसअघि सन् २०१९ मा इटली भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति जिनपिङलाई हिँड्न निकै समस्या भएको देखिएको थियो । यसपछि फ्रान्समा पनि उनलाई बस्नको लागि सहयोग चाहियो । सन् २०२० मा चीनको शेन्जेनमा भएको र्‍यालीमा जिनपिङ निकै ढिलो मञ्चमा पुगेका थिए । यति मात्र होइन, उनले भाषण पनि मन्द स्वरमा दिए ।

    चीनको अर्थतन्त्र कोरोना महामारीका कारण संकटमा परेको बेला जिनपिङ बिरामी भएको खबर आएको हो । युक्रेन र रुस युद्धका कारण र कोरोना विरुद्धको शून्य कोभिड नीतिका कारण चीनमा तेल र ग्यासको मूल्य बढेको खबर पनि आएको छ ।

    अर्कोतर्फ सी जिनपिङ तेस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित हुने तयारीमा छन् । उनले आफ्नो कार्यकालमा चीनलाई अझ समृद्ध, प्रभावशाली र स्थिर देखाउने प्रयास गरेका छन् ।

    सेरेब्रल एन्युरिज्म भनेको के हो ? सेरेब्रल एन्युरिज्म मस्तिष्कको खतरनाक रोग हो। यो रोग मस्तिष्कको कुनै पनि भागमा लाग्न सक्छ। जुनसुकै उमेरका मानिस यसको सिकार हुन सक्छन् । यद्यपि, यो रोगले ५० वर्ष वा सोभन्दा बढी उमेरका मानिसहरूलाई असर गर्छ।

    यो रोगले स्ट्रोक, कोमा वा मृत्यु पनि निम्त्याउन सक्छ। उच्च रक्तचाप, आनुवंशिक रूपमा कमजोर नसा, संक्रमण, चोटपटक र ट्युमरबाट संक्रमित व्यक्तिहरू यो रोगको बढी जोखिममा हुन्छन्।

    प्रतिक्रिया
    नयाँ अपडेट
    धेरै पढिएको
    अन्य समाचार