पछि परेका बालेन शाहले सबैलाई उछिने, पछ्याउदै सिर्जना सिंह

पछि परेका बालेन शाहले सबैलाई उछिने, पछ्याउदै सिर्जना सिंह


प्रहार न्युज
  • शनिबार, बैशाख ३१ २०७९

  • काठमाडौं । ८ मत गन्दा १ भोट ल्याएका बालेन शाहले सबैलाई उछिनेर अग्रता लिएका छन् । काठमाडौं महानगरपालिकाको मतगणना सुस्त गतिमा अगाडि बढेको हो ।

    वडा नम्बर १ र ३२ को मतगणना सुरु हुँदा स्वतन्त्र उम्मेदवार शाहले प्रारम्भिक अग्रता लिएका छन् । स्रोतका अनुसार वडा नम्बर १ मा कांग्रेसकी सिर्जना सिंहले ८ भोट ल्याउँदा बालेन शाहले ७ भोट ल्याएर उनलाई पछ्याएका छन् ।

    वडा नम्बर ३२ मा भने बालेनले ८ भोट ल्याउँदा कांग्रेस र एमालेलाई १–१ भोट मात्रै खसेको छ । समग्रमा बालेन शाहले १५ मत ल्याउँदा सिर्जना सिंहले ९ मत ल्याएर पछ्याइरहेकी छन् ।

    विश्वकै ध्यान तानिएको काठमाडौं महानगरपालिकाको मेयरको मतपरिणाम बाहिरिन थालेको छ । राजधानी समेत रहेको यो महानगर यसकारण बहुप्रतिक्षित छ कि यहाँ स्वतन्त्र उम्मेदवार बालेन शाहले जित्न सक्ने प्रक्षेपणहरु भइरहेका छन् ।

    प्रतिक्रिया
    नयाँ अपडेट
    धेरै पढिएको
    अन्य समाचार