बालेनले फराकिलो अग्रता लिएपछि केशव स्थापित रिसले भए चुर, दिए ८ बजेसम्मको समय

बालेनले फराकिलो अग्रता लिएपछि केशव स्थापित रिसले भए चुर, दिए ८ बजेसम्मको समय


प्रहार न्युज
  • शनिबार, बैशाख ३१ २०७९

  • काठमाडौं । विश्वकै ध्यान तानिएको काठमाडौं महानगरपालिकाको मेयरको मतपरिणाम बाहिरिन थालेको छ । राजधानी समेत रहेको यो महानगर यसकारण बहुप्रतिक्षित छ कि यहाँ स्वतन्त्र उम्मेदवार बालेन शाहले जित्न सक्ने प्रक्षेपणहरु भइरहेका छन् ।

    उनले निरन्तर अग्रता कायम गरिरहेका छन् । यो समाचार तयार पार्दासम्म यहाँ बालेनले १५७, केशव स्थापितले १०९ र सिर्जना सिंहले ९७ भोट पाएकी छन् । यसैबीच, नेकपा एमालेबाट मेयरका उम्मेदवार केशव स्थापित बालेनले अग्रता लिएपछि आक्रोशित बनेका छन् ।

    मुख्य प्रतिस्पर्धी भनिएका महानगरपालिकाकका उम्मेदवार केशव स्थापितले आज बेलुका ८ सम्म बालेनका कोही समर्थक नरहने पनि बताएका छन् । स्थापित बालेनको अग्रताका कारण आक्रोशित देखिएका छन् ।

    यस्तै उता धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता लिएका छन् । अहिले हर्क साम्पाङले ३३ मत प्राप्त गरेका छन् भने कांग्रेस–माओवादी–एकीकृत समाजवादीको गठबन्धनको तर्फबाट कांग्रेसका उम्मदेवार किशोर राईले ३१ र एमाले उम्मदेवार मञ्जु भण्डारीले १६ मत प्राप्त गरेका छन् ।

    काठमाडौं महानगरपालिका पनि स्वतन्त्र उम्मदेवार बालेन शाहको अग्रता रहेको छ । यसैगरी विराटनगर महानगरपालिकामा एमालेका सागरकुमार थापा
    २२ मत ल्याएका छन् । गठबन्धनका उम्मेदवार नागेश कोइरालाले ५५ मत प्राप्त गरेका छन् । उमेशकुमार यादव स्वतन्त्रले १३ मत पाएका छन् ।

    त्यसैगरी यो समाचार तयार पार्दासम्म प्रतिक्षित रुपमा हेरिएको भरतपुर महानगरपालिकामा २३ भोटसहित नेकपा एमालेका उम्मेदवार विजय सुवेदी अग्रस्थानमा छन् भने उनलाई गठबन्धनकी साझा उम्मेदवार रेणु दाहालले १९ भोटसहित पछ्याइरहेकी छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७ मत पाएका छन् ।

    प्रतिक्रिया
    नयाँ अपडेट
    धेरै पढिएको
    अन्य समाचार