काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । सबैको सर्वाधिक चासोको केन्द्र रहेको महानगरपालिकाको अहिलेसम्मको नतिजामा स्वतन्त्र उम्मेदवार बालेन साह अगाडि छन् ।
उनलाई नेपाली काँग्रेसकी उम्मेदवार श्रृजना सिंह र नेकपा एमालेका उम्मेदवार केशव स्थापितले पछ्याइरहेका छन् । बालेनको अग्रतालाई लिएर सामाजिक संजालमा विभिन्न अनुमान लगाउन थालिएको छ ।
धेरैले महानगरपालिकाको मेयरमा बालेन साह विजय हुने अनुमान गरेका छन् । यस्तैमा कलाकार दीपकराज गिरीले लेखेको स्टाटस सामाजिक सञ्जालमा भाइरल बनेको छ । गिरीको स्टाटसबारे विभिन्न टिकाटिप्पणी भइरहेका हुन् ।
गिरीले महानगरपालिकाको अहिलेसम्मको मत परिणामलाई हेरेर बालेनले निर्वाचन जित्ने आँकलन गर्दै दुई ठुला दलमाथि कटाक्ष गरेका छन् । उनले लेखेका छन् ,‘प्रारम्भिक मतपरिणाम हेर्दा काठमाडौं महानगरपालिकामा एमाले र काँग्रेस मिलेर चुनाव लडेको भए बालेन साहलाई हराउन सक्ने रहेछन् ।’