बहुमत ल्याउने उद्घोष गरेका ओलीलाई मतदान सकिएको २४ घण्टामै नराम्रो झट्का लागेपछि बालकोटमा यी शीर्ष नेतासँग गरे २ घण्टा अर्थपूर्ण भेटवार्ता

बहुमत ल्याउने उद्घोष गरेका ओलीलाई मतदान सकिएको २४ घण्टामै नराम्रो झट्का लागेपछि बालकोटमा यी शीर्ष नेतासँग गरे २ घण्टा अर्थपूर्ण भेटवार्ता


प्रहार न्युज
  • आइतबार, जेष्ठ १ २०७९

  • काठमाडौं । स्थानिय तहको चुनावमा बहुमत ल्याउने उद्घोष गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले प्रतिकुल प्रारम्भिक मतपरिणाम पाइरहेका छन् ।

    देशभरबाट सोचेजस्तो मतपरिणाम नआएपछि अध्यक्ष ओलीले अर्थपूर्ण भेटघाट गरेका छन् । अध्यक्ष ओली र पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच शनिबार साँझ दुई घण्टा लामो भेटवार्ता भएको छ ।

    चुनावको प्रारम्भिक संकेतसँगै अध्यक्ष ओली र उपाध्यक्ष पोखरेलबीच भएको दुई घण्टा लामो भेटघाटलाई अर्थपूर्ण मानिएको छ । पार्टी विभाजनपछि पनि दुई तिहाई मतका साथ स्थानीय तहको निर्वाचनमा बहुमत ल्याउने उद्घोष गर्नुभएका अध्यक्ष ओलीका अभिव्यक्तिलाई मतदान सकिएको २४ घण्टामै नराम्रो झट्का मिलेको देखिँदैछ ।

    अघिल्लो चुनावमा शानदार विजय हासिल भएका कतिपय पालिकाका प्रारम्भिक मत परिणामले पनि एमाले नेतृत्वलाई झस्काइदिएको छ । पाँच वर्षअघिको स्थानीय तह,प्रदेश र संघीय संसदको निर्वाचनमा एमाले आफैंमा एकताबद्ध थियो ।

    प्रदेश र संघीय संसदको निर्वाचनमा माओवादी र अधिकांश वामपन्थी दलहरुबीच चुनावी तालमेल पनि गरिएकै हो । त्यही बलमा मिलेको बहुमतलाई नजर अन्दाज गर्दा आजको अवस्था आएको सन्दर्भलाई एमाले नेतृत्वले अझै पनि नजरअन्दाज गरेको प्रतिक्रियाहरु आउन थालेका छन् ।

    प्रतिक्रिया
    नयाँ अपडेट
    धेरै पढिएको
    अन्य समाचार