बालेन शाहलाई नेपालका चर्चित पूर्वप्रधानमन्त्रीकै साथ, यसरी खुल्यो रहस्य !

बालेन शाहलाई नेपालका चर्चित पूर्वप्रधानमन्त्रीकै साथ, यसरी खुल्यो रहस्य !


प्रहार न्युज
  • सोमबार, जेष्ठ २ २०७९

  • काठमाडौं । यतिबेला काठमाडौं महानगरपालिकाको मेयरका लागि स्वतन्त्रबाट उठेका बालेन शाह देश विदेशमा रहेका नेपालीहरुबीच चर्चाको केन्द्रमा रहेका छन् । बालेनको लौरोले ठूला दलका उम्मेदवारको हावागोल गरिरहेको हो । यसैबीच बालेनलाई चर्चित पूर्व प्रधानमन्त्रीकै साथ रहेको दाबी गरिएको छ ।

    नेकपा एमालेका पोलिट ब्यूरो सदस्य एवं प्रतिनिधिसभाका सांसद कृष्ण बहादुर राईले काठमाडौं महानगरपालिकाका स्वातन्त्र मेयर उम्मेदवार बालेन शाहलाई पूर्वप्रधानमन्त्री तथा माधब कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले साथ दिएको दाबी गरेका छन् ।

    स्वातन्त्र उम्मेदवार बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयरका प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापित र नेपाली कांग्रेसका सिर्जना सिंह भन्दा झन्डै दोब्बर मतले अग्रता लिएका छन् ।

    माधब नेपाल नेतृत्व नेकपा एकीकृत समाजवादी गठबन्धनकाबाट उम्मेदवार बनेकी सिर्जना सिंह भन्दा बालेन शाहलाई सहयोग गर्दा हुन्छ की भन्ने ठाउँमा पुगेको भित्रि कुरा आफुहरुले सुनेको कष्ण बहादुर राईले बताए ।

    माधब नेपाल नेतृत्व नेकपा एकीकृत समाजवादी एमालेलाई सिध्याउन जन्मिएको आरोप समेत लगाए । बालेन शाह मेयरमा उठेकोमा आफु खुसी रहेको उलने बताए ।

    उनकै शब्दमा ‘भित्रि रुपमा हामीले के बुझैका छौं भने, जस्तो अहिले चाहि नेकपा एमालेको उम्मेदवारलाई हराउनका लागि भनेर जन्मिएको एउटा पार्टी होइन, बालेन शाहको प्रभाव चाहि अस्ति यो घरदैलो गर्ने बेलामा पनि त्यहि देखा परेका थियो ।’

    आज त्यहिको मतगणना भइरहदा खेरी चाहि बालेन शाह अगाडि आको छ । तपाईलाई आज यहाँ भनौं, भित्रि रुपमा चाहि मेरो जनाकारी, तपाईलाई यहाँ यो मिडियाबाट बाहिर सार्वजनिक गर्ने हो भने, त्यो एमालेलाई भत्काउनका लागि जन्मिएको त्यो नयाँ पार्टी, हो यहि त्यो पार्टी, तपाई अहिले अब कोटेश्वरतिरको कुराकारी गर्दै हुनुहुन्थ्यो नि ! ३२ भनेको त्यहि त हो नि, होइन ? हो त्यहा तिरबाट चाहि तपाईको आफ्नो गठबन्धनका लागि होइन, उहाँहरु चाहि के हो भन्दा खेरि यति खेर, सिर्जना सिंहलाई सहयोग गर्दा भन्दा बालेनलाई गर्दा खेरि हुन्छ की भन्ने ठाउँमा पुग्नु भने कि ? भन्ने भित्रि त्यस्तो–त्यस्तो पनि कुरा सुन्या छौं हामीले ।

    प्रतिक्रिया
    नयाँ अपडेट
    धेरै पढिएको
    अन्य समाचार