काठमाडौं । युक्रेनको मारियुपोल शहरमा कब्जा गरेको रुसले घोषणा गरेको छ। युक्रेनको बन्दरगाह शहर मारियुपोल कब्जा गर्न रुसी सेना निरन्तर लडिरहेको थियो ।
५ सय ३१ युक्रेनी सैनिकले सो क्षेत्र छोडेसँगै मारियुपोल शहर र स्टिल प्लान्टमा विजय प्राप्त गरेको रुसी रक्षा मन्त्रालयले जनाएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार त्यहाँ रहेका अन्तिम रक्षकलाई ठाउँ छोड्न अनुमति दिएका छन् ।
मारियुपोल शहरको स्टिल कारखाना रुसी सेनाको घेराबन्दीका कारण फसेका आफ्ना सयौं नागरिक र सैनिकको ज्यान बचाउन ठाउँ छोड्ने अनुमति दिएको युक्रेनका राष्ट्रपति जेलेन्स्कीले उल्लेख गरेका छन् ।
रुसले सो क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिन गरेको महिनौंको हमलाका कारण मारियुपोल शहर ध्वस्त भएको छ । सोही ठाउँका भवन तथा उद्योगहरू रुसी आक्रमणबाट भग्नावसेशमा रुपान्तरण भएका छन् । –एजेन्सीको सहयोगमा