प्रचण्डलाई प्रधानमन्त्री बन्ने अफर गरिएको बिषयमा बोल्यो एमाले, बतायो वास्तविकता

प्रचण्डलाई प्रधानमन्त्री बन्ने अफर गरिएको बिषयमा बोल्यो एमाले, बतायो वास्तविकता


प्रहार न्युज
  • शनिबार, जेष्ठ ७ २०७९

  • काठमाडौं । स्थानिय तहको निर्वाचनपछि देशको राजनीतिले अब कुन मोड लिन्छ भन्ने चासो बढेको छ । मुख्यतः वर्तमान सत्ता गठबन्धनले निरन्तरता लिन्छ किन नयाँ राजनीतिक समिकरण बन्ला भन्ने बिषय पनि जिज्ञासाका रुपमा आएको हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भने अहिले नै प्रधानमन्त्री बन्ने अफर आएको चर्चा पनि चलेको छ।

    एमालेको नेतृत्व तहबाट नै दाहाललाई प्रधानमन्त्री बन्न प्रस्ताव आएको माओवादी केन्द्रनिकट उच्च स्रोतको दाबी छ । तर, दाहालले भने एमाले नेतृत्वलाई आफू प्रधानमन्त्री बन्नकै लागि अहिलेको गठबन्धन तोड्ने पक्षमा नरहेको जवाफ दिएका छन् ।

    उनले पाँच दलीय गठबन्धन भत्काउनको लागि अहिले षड्यन्त्र भैरहेको पनि टिप्पणी गर्ने गरेका छन् । स्थानीय तहको निर्वाचन सुरु नहुँदै कांग्रेसका शीर्ष नेताहरुले पनि दाहाललाई यो गठबन्धन कायम रहन्छ कि रहँदैन ? कतै कांग्रेसलाई धोका दिने हो कि ? भन्दै गठबन्धनको भविष्यबारे सुनिश्चितता खोजेका थिए ।

    यसैबीच, यता नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले स्थानीय तहको निर्वाचनको परिणामबाट आफूहरु सन्तुष्ट रहेको प्रतिक्रिया दिएका छन् । पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेता पौडेलले पाँच दलीय गठबन्धनको विरुद्धमा पार्टी एक्लै चुनावमा होमिएको र अहिले प्राप्त मत सन्तोषजनक रहेको दाबी गरे ।

    आगामी प्रदेश र संघको निर्वाचनमा पनि एमालेले कसैसँग पनि तालमेल वा गठबन्धन नगर्ने उनले स्पष्ट पारे । एमाले अहिलेको निर्वाचनको परिणामबाट पनि कमजोर नभएको उनको दाबी छ । नेता पौडेलले आफूहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउनको लागि कुनै प्रस्ताव नगरेको स्पष्ट पारे ।

    पछिल्लो समय प्रचण्डलाई प्रधानमन्त्री बनाउनको लागि एमाले नेतृत्वले प्रस्ताव गरेको चर्चा चलेको थियो । यही सन्दर्भमा नेता पौडेलले आफूहरुको तर्फबाट कसैलाई पनि प्रधानमन्त्री बनाउनको लागि प्रस्ताव नगरेको र यो सबै अफवाहमात्रै भएको दाबी गरे । उनले आगामी कुनैपनि निर्वाचनमा पनि माओवादी केन्द्रसँग कुनै तालमेल वा गठबन्धन नगर्ने जिकिर गरे ।

    प्रतिक्रिया
    नयाँ अपडेट
    धेरै पढिएको
    अन्य समाचार