गठबन्धन सफल भएको भन्दै प्रचण्डले गरे अर्को ठूलो घोषणा, हारको पिडा रहेको एमालेमाथि थपियो झन् ठूलो तनाव

गठबन्धन सफल भएको भन्दै प्रचण्डले गरे अर्को ठूलो घोषणा, हारको पिडा रहेको एमालेमाथि थपियो झन् ठूलो तनाव


प्रहार न्युज
  • शनिबार, जेष्ठ ७ २०७९

  • काठमाडौं । गठबन्धन सफल भएको भन्दै सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्को ठूलो घोषणा गरेका छन् । देशको राजनीतिमा निर्णायक बन्दै आएका प्रचण्डले आसन्न प्रदेशसभा र प्रतिनिधीसभाको चुनावमा पनि यही गठबन्धन जाने बताएका हुन् ।

    प्रचण्डले वर्तमान सत्ता गठबन्धनले देशमा विकासको यात्रा प्रारम्भ गरेको बताएका छन् । उनले चुनावी तालमेल पनि सफल भएको बताए । मध्यपुर थिमि नगरपालिकामा पाँचदलीय गठबन्धनका तर्फबाट विजयी उमेदवारलाई शनिबार बिहान खुमलटारमा बधाई दिँदै उनले गठबन्धनलाई आउने प्रदेश र संघीय निर्वाचनसम्म लिएर जाने बताए ।

    “हामीले गठबन्धनबाट देशको राजनीतिमा परिवर्तन वा स्थायित्व र विकासको नयाँ यात्रा सुरु गर्न खोजेको हो । मूलभूत रूपमा गठबन्धन सफल भएको हो,” उनले भने, “यो गठबन्धनलाई आउने प्रदेश र संघीय निर्वाचन र त्यसपछि देशको विकास र समृद्धिको यात्रामा पनि लिएर जाने संकल्प हो । यसमा हामी गठबन्धनका दलहरू दृढ छौँ ।”

    प्रचण्डले निर्वाचित जनप्रतिनिधिहरूलाई विकास, समृद्धि र जनताको हितमा राम्रो काम गर्ने चुनौती रहेकोतर्फ सचेत गराए । यसैबीच, यता प्रचण्डलाई भेट्न नेकपा एमालेका उपाध्यक्ष ईश्वर पोखरेल खुमलटार पुगेको खबर बाहिरिएको छ ।

    प्रचण्डलाई भेट्न नेकपा एमालेका उपाध्यक्ष पोखरेल आज विहान साढे नौ बजेतिर खुमलटार पुगेका थिए । भेटवार्ता झण्डै एक घण्टा चलेको थियो । पोखरेलले प्रचण्डलाई सचिवालयमा पेश भएको पत्रहरु साझा बनाउने पहल लिन आग्रह गरेका स्रोतले बताएको छ ।

    यसअघि बिहीबार मात्रै प्रचण्डलाई भेट्न महासचिव विष्णुप्रसाद पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ खुलमटार पुगेका थिए । यस्तै एमालेको नेतृत्व तहबाट नै प्रचण्डलाई प्रधानमन्त्री बन्न प्रस्ताव आएको माओवादी केन्द्रनिकट उच्च स्रोतको दाबी छ ।

    प्रतिक्रिया
    नयाँ अपडेट
    धेरै पढिएको
    अन्य समाचार