रोष्ट्रमबाट ओलीले आरजुको नाम उच्चारण नगरी कडा व्यङ्ग कसेपछि देउवालाई भयो ऐठन, बसेकै ठाउँबाट फर्काए जवाफ (भिडियोसहित)

रोष्ट्रमबाट ओलीले आरजुको नाम उच्चारण नगरी कडा व्यङ्ग कसेपछि देउवालाई भयो ऐठन, बसेकै ठाउँबाट फर्काए जवाफ (भिडियोसहित)


प्रहार न्युज
  • बिहिबार, जेष्ठ १२ २०७९

  • काठमाडौं । स्थानिय चुनावको प्रचारप्रसारका बेला प्रधानमन्त्री शेर बहादुर देउवा पत्नी आरजु राणाले कांग्रेस हारेका ठाउँमा बजेट नपठाउने भन्दै विवादास्पदा अभिव्यक्ती दिएकी थिइन् । आरजुको त्यो अभिव्यक्तीले प्रधानमन्त्री देउवाले समेत अप्ठ्यारो र खेप खानु परिरहेको छ ।

    यसैबीच, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाकै वडामा बजेट नजाने अवस्था आएको भन्दै कटाक्ष गरेका छन् । प्रधानमन्त्रीपत्नी आरजु देउवाले कांग्रेसले नजितेको ठाउँमा बजेट नपठाउने भनी गरेको भाषणको प्रसंग उल्लेख गर्दै ओलीले देउवाकै वडामा बजेट नजाने अवस्था आएको बताए । उनको यो व्यङ्गमा देउवाले बसिरहेकै ठाउँबाट जवाफ दिएको जस्तो देखिएको छ ।

    ’कतिपय ठाउँमा रुखमा भोट नहाल्नेलाई बजेट पठाइँदैन …. (भनेको सुनियो) । संयोगकै कुरा हो, डडेल्धुरामा मेडिकल कलेज जाने भएछ । कुन पालिकामा कांग्रेसले जित्या छ, त्यसमा जाने होला,’ ओलीले भने, ’अमरगढी जित्या छ कि छैन ? अमरगढी कांग्रेसले जित्या भए त ठीकै छ, नत्र कुन–कुनामा लगेर राख्नुपर्ने हो मेडिकल कलेज ।’

    ओलीले थपे, ’सम्माननीय प्रधानमन्त्रीज्यूको आफ्नै वडामा चाहिँ के पनि जाने भएन, किनभने त्यहाँ रुखले जितेन कि क्या हो ? लोकतन्त्रको हरिबिजोग यो भन्दा अरू के हुन्छ ?’ ओलीले अमरगढी जित्या छ कि छैन ? भनेर प्रश्न गर्दा देउवाले संसद्बाटै जितेको छ भन्ने जवाफ फर्काएका थिए ।

    प्रतिक्रिया
    नयाँ अपडेट
    धेरै पढिएको
    अन्य समाचार