अकल्पनिय रुपमा पेट्रोलियम पद्धार्थको मुल्य बढाइरहेको आयल निगम खारेज गर्न अर्बौँको ’डिल’, देशकै पूर्वप्रधानमन्त्रीबाट भयो ठूलो खुलासा !

अकल्पनिय रुपमा पेट्रोलियम पद्धार्थको मुल्य बढाइरहेको आयल निगम खारेज गर्न अर्बौँको ’डिल’, देशकै पूर्वप्रधानमन्त्रीबाट भयो ठूलो खुलासा !


प्रहार न्युज
  • बिहिबार, जेष्ठ १२ २०७९

  • काठमाडौं । अकल्पनिय रुपमा पेट्रोलियम पद्धार्थको मुल्य बढाइरहेको आयल निगम खारेज गर्न अर्बौको डिल भएको दाबी गरिएको छ । देशकै पूर्वप्रधानमन्त्रीले यस्तो खुलासा गरेका हुन् । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले पेट्रोलियम पदार्थको खरिद गर्ने अधिकार निजी क्षेत्रलाई दिन लागेको भन्दै आपत्ति जनाएका छन् ।

    बिहीबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले पेट्रोलियम पदार्थको कारोबार गर्ने इजाजत निजी क्षेत्रलाई दिन लागिएको भन्दै आपत्ति जनाएका हुन् ।

    “कति प्रतिशत राज्यले राख्ने, कति प्रतिशत दिने भनेर हिसाब नगरी सम्पूर्ण अधिकार निजी क्षेत्रमा हस्तान्तरण गर्ने काम भइरहेको छ,” उनले भने, “वित्तीय रूपमा यति बोजिलो किन भयो, यति नाफा हुने संस्था ? सार्वजनिक संस्थानको व्यवस्थापन सुधार गर्ने कुरा पनि भनिएको मात्र हो ।”

    नेपाल आयल निगम कसरी एकापसमा गाभिन्छ भन्दै उनले आयल निगमलाई खारेज गर्न अर्बौँ रुपैयाँको कारोबार भइसकेको र फेरि अर्बौँको ’डिल’ हुन लागेको दाबी गरे ।

    यस्तै अध्यक्ष ओलीले केही सिटमा एमाले पछि परेपनि पपुलर भोटमा अरु सवै पार्टीभन्दा अघि रहेको बताएका छन् । बिहीबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा आफ्नो धारणा राख्दै ओलीले एमाले सकियो, ध्वस्त भयो भनेर प्रचारबाजी गरेपनि एमाले अहिले पनि पपुलर भोटमा एक नम्बर पार्टी रहेको बताए ।

    ‘हुन त नेपाली काँग्रेसका नेताहरुले भाषण नै गरेको सुनियो, सबैले कान खोलेर सुने हुन्छ –नेपाली काँग्रेस भनेको सुकुम्वासी र गरिबको पार्टी होइन यहाँ गरिब र सुकुम्वासीका पक्षधर कोही भोटर छन् भने सुने हुन्छ काँग्रेसलाई भोट नदिए हुन्छ’, ओलीले काँग्रेस नेताको भनाइ उदृत गर्दै भने, ‘डरले त्रासले यसपल्ट पनि केही भोट दिएकै देखियो । तर उधुमै चर्चा चल्यो नेकपा एमाले ध्वस्त भयो, समाप्त भयो भनेर ।’ उनले बजारमा यस्तो माहोल खडा गरिएको भन्दै भने, ‘म अहिले पनि भन्न चाहान्छु केही सिटले एमाले पछि परेको छ, लोकप्रिय भोटमा एमाले सबै पार्टीभन्दा अगाडि छ र एक नम्बर पार्टी छ ।’

    प्रतिक्रिया
    नयाँ अपडेट
    धेरै पढिएको
    अन्य समाचार