बालेनले इतिहास रचेपछि पूर्वप्रधानमन्त्री नै डरले काप्न थाले थरथर, बालेनको नाम लिदै संसदको रोस्टमबाटै यतिसम्म भनिदिए ! (भिडियोसहित)

बालेनले इतिहास रचेपछि पूर्वप्रधानमन्त्री नै डरले काप्न थाले थरथर, बालेनको नाम लिदै संसदको रोस्टमबाटै यतिसम्म भनिदिए ! (भिडियोसहित)


प्रहार न्युज
  • बिहिबार, जेष्ठ १२ २०७९

  • काठमाडौं । देशकै पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रतिनिधीसभा संसदको रोस्टममै उभिएर काठमाडौंको मेयरमा स्वतन्त्रबाट जितेर इतिहास रचेका बालेन साहको नाम उच्चारण गर्दै दिएको अभिव्यक्तीले देशकै शीर्ष नेताहरुलाई झस्काएको छ र सोच्न बाध्य समेत बनाएको छ ।

    नेकपा एकीकृत समाजवादीका सम्मानित नेता समेत रहेका खनालले बालेन राजनीतिक दलका लागि खतरा भएको बताएका छन् । बालेनकै कारण अव धेरै बालेन जन्मन सक्ने डर बढेको खनालको भनाई छ ।

    आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै नेता खनालले बालेनहरूले राज्य गरे राजनीतिक दलको अस्तित्व समाप्त हुने बताए। दलहरू संविधानको मर्मअनुसार अघि नबढ्दा राजनीतिक दललाई संकट पर्ने उनको भनाइ छ। ‘संविधानको मर्मअनुसार अघि बढेनौँ भने इतिहासमा पछि पर्छौँ। र धेरै बालेनहरू जन्मनेछन्’ उनले भने–‘बालेनहरूले राज्य गर्नेछन्। दलको अस्तित्व समाप्त हुँदै जानेछ।’

    खनालले यस्तै अवस्था रहे राजनितीमा बालेन शाहहरुको उदय हुने उनीहरुलेनै राज गर्ने र पोलिटिकल पार्टीहरुको अस्तित्व समाप्त हुन सक्ने चेतावनी पनि दिएका छन् । यदि त्यो ढंगले अगाडि बढ्न सकेनौ भने हामी इतिहासमा पछाडि छोडिँदै जान्छौ । र धेरै बालेनहरु जन्मनेछन् । बालेनहरुले राज्य गर्नेछन्, पोलिटिकल पार्टीहरूको अस्तित्व र उपादेयता समाप्त हुनेछ’, खनालले भनेका छन् ।

    सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा सुरु भएको छलफलमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका खनालले भने, ‘हामीसँग भूमिसम्बन्धी डाटा अपडेट छैन, भूमिसम्बन्धी डाटा अपडेट गर्नका लागि सवैभन्दा पहिले अत्याधुनिक टेक्नोलोजीले हाम्रो देशको भूमि मापन गर्नसक्नुपर्छ ।’ त्यसका लागि उनले भूमि डाटा बैंक बनाउन सक्नुपर्ने पनि बताए ।

    उनले देशको कुनैपनि भूभाग हेर्न क्लिक गर्दा हेर्न सकिने बनाउनुपर्ने जरुरी भएको बताए । नेता खनालले विकास निर्माणका कुनैपनि काम गर्न त्यस्तो डाटा आवस्यक पर्ने भन्दै भूसम्पतीको वितरण अन्यायपूर्ण रहेको बताए ।

    ‘अन्यायपूर्ण भूसम्पती वितरणलाई न्यायोचित वितरणमा रुपान्तरण गर्न पनि भूमिसुधार गर्न आवस्यक छ’, खनालको भनाइ छ । उनले यी दुईवटा उद्देश्य प्राप्तिका लागि भूमिसुधार अनिवार्य रहेको र त्यो जुन सरकारले गरेपनि हुने बताए । यदि त्यसो नगरे मुलुकमा धेरै बालेनहरु जन्मिएर उनीहरुले राज्य गर्ने र राजनीतिक पार्टीहरू समाप्त भएर जाने चेतावनी दिए ।

    ‘यदि त्यो ढंगले अगाडि बढ्न सकेनौ भने हामी इतिहासमा पछाडि छोडिँदै जान्छौ । र धेरै बालेनहरु जन्मनेछन् । बालेनहरुले राज्य गर्नेछन्, पोलिटिकल पार्टीहरूको अस्तित्व र उपादेयता समाप्त हुनेछ’, खनालको भनाइ छ ।

    प्रतिक्रिया
    नयाँ अपडेट
    धेरै पढिएको
    अन्य समाचार