राजेन्द्र लिङ्देन चिप्लिएकै हुन् ? बाबुरामहरुकै पथ समातेको भन्दै आफ्नै नेताकार्यकर्ता बने आक्रोशित !

राजेन्द्र लिङ्देन चिप्लिएकै हुन् ? बाबुरामहरुकै पथ समातेको भन्दै आफ्नै नेताकार्यकर्ता बने आक्रोशित !


प्रहार न्युज
  • शुक्रबार, जेष्ठ १३ २०७९

  • काठमाडौं । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न सर्वोच्च अदालतले रोकेपछि यतिबेला विभिन्न तह र तप्काबाट फरकफरक प्रतिक्रियाहरु आइरहेका छन् । सर्वोच्च अदालतले बारामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सरकारका अहिलेसम्मका सबै काम कारबाही तथा निर्णयहरु बदर गरिदिए पछि अहिले यसका पक्ष बिपक्षमा बहस शुरु भएको हो । बौद्धिक व्यक्तीहरुले निर्णयको स्वागत गरेका छन् भने देशकै शीर्ष नेता देखि पार्टीले यो फैसलाप्रति गम्भीर आपत्ती जनाएका छन् ।

    सञ्चारकर्मी तथा अभियान्ता राम प्रसाद खनालले यो फैसलाबारे दिएको प्रतिक्रिया धेरैले मन पराएका छन् । उनले भनेका छन्ःहामीले बुझ्नु पर्ने कुरा के छ भने यदि कुनै पनि अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ मिनेटमा एउटा फ्लाइट उडाउन नसके अन्तर्राष्ट्रिय विमानस्थलको सँचालन खर्च उठ्दैन, घाटामा जान्छ । हामीले काठमाडौँ बाहिर भैरहवा र पोखरामा पनि अन्तर्राष्ट्रिय विमानस्थल बनाइसकेका छौँ । नेपाल जस्तो सानो देश र थोरै जनसङ्ख्याका लागि यो नै बढी हुन्छ । अर्थात् खर्च धान्न सकिँदैन । आवश्यकता अनुसार विमानस्थल थप्दै जानु पर्छ तर अहिलेको आवश्यकतालाई पनि नजर अन्दाज गरिनुहुन्न ।

    अर्को कुरा बन जङ्गल, हरियाली जीवजन्तुका लागि मात्र होइन हामी मानव जातिका लागि वातावरणीय हिसाबले पनि अति महत्त्वको कुरा हो जुन हामीले मनन गर्न सकेका छैनौँ । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा काटिने लाखौँ रुखहरूको कारण निम्तिने वातावरणीय दुर्दशा हामीले कल्पनै गरेका छैनौँ । यस बाहेक त्यहाँ अरु के के कारणले अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न उपयुक्त छैन भन्ने बिषयमा सर्बोच्च अदालतमा परेको रिट, पेश गरिएका प्रमाणहरु, रिपोर्टहरु हेर्नु र बुझ्नु अपरिहार्य छ ।

    अझ अर्को कुरा, विदेशी रिन लिएर अनावश्यक रूपमा अन्तर्राष्ट्रिय विमानस्थल हरू थप्नु भनेको श्री लङ्काले झैँ गल्ती गर्नु हो बुझिराखौँ । यस्तो गम्भीर मुद्दामा सर्वोच्च अदालतले गरेको फैसला मलाई भने उचित नै लाग्यो । भ्रष्ट नेता, दल र तिनका ठेकेदारहरूका लागि भने यो अनुचित फैसला हो । सही लाई सही र गलतलाई गलत भन्न सिकौँ । आगे यहाँहरूको जो मर्जी ।

    नेकपा एमालेः नेकपा एमालेले निजगढ विमानस्थल बनाउन रोक्न भन्दै सर्वोच्च अदालतले गरेको फैसला दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेको छ। फैसलापछि प्रतिक्रिया दिँदै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले उक्त फैसला दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका हुन्।

    सर्वोच्चले बिहीबार सरकारलाई निजगढमा विमानस्थल नबनाउन र विमानस्थल आवश्यक भए अन्यत्रै बनाउनु भनि परमादेश जारी गरेको थियो। सर्वोच्चका पाँच न्यायाधीशको वृहत्तपुर्ण इजलासले गरेको उक्त फैसलाप्रति आफ्नो धारणा सामाजिक सञ्जालमा सार्वजनिक गर्दै एमाले नेता ज्ञवालीले यस्तो टिप्पणी गरेका हुन्।

    ‘निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नपाउने गरी आज सर्वोच्च अदालतले गरेको फैसला दुर्भाग्यपूर्ण छ,’ उनले लेखेका छन्, ‘यसले कार्यकारीको क्षेत्राधिकार त अतिक्रमण गरेको छ नै, नेपालको राष्ट्रिय सामर्थ्य र विकासको संभावनामाथि पनि आँच पु¥याएको छ। आखिर कसरी र कसको हितमा हुन्छन् यस्ता फैसलारु ?’

    यस्तै, एमालेका नेता योगेश भट्टराईले पनि सर्वोच्चले निजगढ विमानस्थलविरुद्ध गरेको उक्त निर्णय अत्यन्तै घातक र प्रतिगामी भएको टिप्पणी गरेका छन्। उनले नेपालको हवाई उड्डयनको गेम चेन्जर आयोजना र त्यसमार्फत मुलुकको समृद्धिको यात्रामाथि नै अदालतबाट हस्तक्षेप भएको आरोप लगाएका छन्।

    उनले उक्त फैसला सच्याउन आग्रह गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘निजगढ अन्तर्रास्ट्रिय विमानस्थलका बारेमा सर्वोच्च अदालतको आजको निर्णय अत्यन्तै घातक र प्रतिगामी छ। नेपालको हवाई उड्डयनको गेम चेन्जर आयोजना र त्यसमार्फत मुलुकको सम्मृद्धिको यात्रामाथिको बलत हस्तक्षेप हो। माननीय न्यायधिशज्युहरू यो निर्णय सच्याउनु होस्।’

    बाबुरामः जसपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले निजगढ विमानस्थल निर्माण रोक्न अदालतले दिएको आदेशप्रति आपत्ति जनाएका छन् । देशको महत्वपूर्ण परियोजना रोक्न अदालतले आदेश दिँदा आफू लज्जित भएको पनि उनले बताएका छन् ।

    ‘मैले राष्ट्रिय गौरवका परियोजना घोषणा गर्दा काठमाडौं–तराई फास्टट्रयाक र निजगढ विमानस्थललाई संयुक्त १ नम्बर र बुढीगण्डकी जलासययुक्त विद्युत परियोजनालाई २ नम्बर महत्वको भनेको थिएँ’, उनले भनेका छन्, ‘अहिलेसम्म यी सबै रोकिँदा देश किन बनिरहेको छैन भनेर बुझ्दैछु। फेरि सर्वोच्चले अर्को बन्चरो प्रहार गरेछ, लज्जित छु।’

    राजेन्द्र लिङ्देनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नीजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम रोक्न सर्वोच्च अदालतले दिएको परमादेशप्रति असन्तुष्टि जनाएका छन् । उनले सामाजिक संजालमा ट्वीट गर्दै एक आशालाग्दो राष्ट्रिय गौरवको आयोजना निर्माणको काम सदाका लागि रोक्नु दुःखद भएको टिप्पणी गरेका छन् ।

    ‘सर्वोच्चको परमादेशबाट निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने बाटो सदाका लागि बन्द भएको छ,’ अध्यक्ष अध्यक्ष लिङ्देनले भनेका छन् ‘एउटा आशलाग्दो राष्ट्रिय गौरवको आयोजनाको यसप्रकारको अन्त्य दुःखद छ।’ सर्वोच्च अदालतले बिहीबार परमादेश जारी गर्दै नीजगढ विमानस्थलको कार्य तत्काल रोक्नु भनेको छ । यो फैसलाबारे लिङ्देनले दिएको प्रतिक्रियाले उनकै पार्टीका नेताकार्यकर्ता तथा समर्थकहरु समेत आक्रोशित बनेका छन् ।

    प्रतिक्रिया
    नयाँ अपडेट
    धेरै पढिएको
    अन्य समाचार