गरम केशव स्थापित पराजित भएपछि एकाएक भए नरम, बालेन समर्थकको समेत मनमुटु छुनेगरी दिए यस्तो अभिव्यक्ती !

गरम केशव स्थापित पराजित भएपछि एकाएक भए नरम, बालेन समर्थकको समेत मनमुटु छुनेगरी दिए यस्तो अभिव्यक्ती !


प्रहार न्युज
  • शुक्रबार, जेष्ठ १३ २०७९

  • काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा पराजित भएपछि चुनाव प्रचारका क्रममा उग्र अभिव्यक्ती दिदै आएका काठमाडौं महानगरपालिकाको नेकपा एमालेका नेता केशव स्थापितले सबैको मन जित्ने अभिव्यक्ती दिएका छन् ।

    पराजित भएपछि स्थापितले बालेन साहलाई बधाई र सफलताको शुभकामना दिँदै आगामी पाँच वर्ष रचनात्मक सहयोग र कमजोरीमा निरन्तर खवरदारी गर्ने बताएका हुन् ।

    पराजयपछि वक्तव्य जारी गर्दै स्थापितले उपमेयरमा निर्वाचित सुनिता डंगोलसहित एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई शासक होइन सेवक भएर काम गर्न आग्रह समेत गरेका छन् ।

    उनले आफू पटक पटक लडेर पनि फेरि धुला टक्टक्याएर उठेको व्यक्ति हुँ भन्दै यो पराजयलाई सामान्य लोकतान्त्रिक अभ्यासका रुपमा लिएको बताएका छन् ।

    स्थापितले भनेका छन्–म पटक–पटक लडेर पनि फेरि धुलो टक्टक्याएर उठेको व्यक्ति हुँ। त्यसैले मैले यो लोकतान्त्रिक अभ्यासमा हार–जितलाई सामान्यरुपमा लिएको छु । काठमाडौँ म र मेरो पुस्तौ–पुस्ता जन्मिएको माटो हो। त्यसैले मलाई यहाँको माटो, यहाँको सम्पदा, यहाँको सँस्कृति, यहाँको विकास, यहाँको समृद्धिप्रति अगाध स्नेह छ, अगाध प्रेम छ।

    जनताको सेवक भएर काम गर्ने मेरो आकाङ्क्षाले यो पटकको निर्वाचन परिणामसँगै सफलता प्राप्त गर्न नसकेपछि काठमाडौंको विकास र यहाँको समृद्धिप्रतिको आकाङ्क्षा अलिकति पनि तलमाथि नभएको उनले बताएका छन् ।

    प्रतिक्रिया
    नयाँ अपडेट
    धेरै पढिएको
    अन्य समाचार