देउवा सरकारले ल्याएको बजेटबाट महेश बस्नेत खुसीले गदगद, एमाले रिसले चुर !

देउवा सरकारले ल्याएको बजेटबाट महेश बस्नेत खुसीले गदगद, एमाले रिसले चुर !


प्रहार न्युज
  • सोमबार, जेष्ठ १६ २०७९

  • काठमाडौं । शेर बहादुर देउवा नेतृत्वको गठबन्धनले ल्याएको बजेटबाट नेकपा एमालेका प्रभावशाली युवा नेता खु्सीले गदगद भएका छन् ।देउवा नेतृत्वको सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९–०८० बजेटप्रति पूर्वमन्त्री समेत रहेका बस्नेतले खुसी ब्यक्त गरेका हुन् ।

    संसदमा बजेट भाषण सकिएलगत्तै सामाजिक सञ्जाल मार्फत उनले अर्थमन्त्रीलाई धन्यवाद दिएका छन् । अघिल्लो सरकारले ल्याएको भक्तपुरका योजनाहरु यो सरकारले पनि समावेस गरेको भन्दै उनले खुसी ब्यक्त गरेका हुन् ।

    सूर्यविनायक धुलिखेल ६ लेन सडक निर्माण, कोटेश्वर अन्डरपास निर्माण, साँगा सुरङ्ग मार्ग डीपीआर निर्माण, दधिकोट सहरी खानेपानी आयोजनालाई निरन्तरता दिएको भन्दै अर्थमन्त्रीलाई धन्यवाद दिएका छन् ।

    साथै उनले भक्तपुरमा विभिन्न १५ शीर्षकमा भक्तपुरका लागि अघिल्लो सरकारले राखेको २० अर्ब बजेट बढीका कार्यक्रमहरु नकाट्न पनि अर्थमन्त्रीलाई आग्रह गरेका छन् ।

    उता एमालेका पूर्व अर्थमन्त्रीहरू विष्णु पौडेल र सुरेन्द्र पाण्डेले भने प्रस्तुत बजेटको आलोचना गरेका छन् । उनीहरुले चुनावलाई प्रभाव पार्नेगरी बजेट ल्याएको र बजेट हावादारी भएको कटु टिप्पणी गरेका छन् ।

    प्रतिक्रिया
    नयाँ अपडेट
    धेरै पढिएको
    अन्य समाचार