डब्लूएचओले नै गर्यो गम्भीर आशंका प्रकट, उत्तर कोरियाली तानाशाह किम ठूलो तनावमा !

डब्लूएचओले नै गर्यो गम्भीर आशंका प्रकट, उत्तर कोरियाली तानाशाह किम ठूलो तनावमा !


प्रहार न्युज
  • बिहिबार, जेष्ठ १९ २०७९

  • काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएओ)को गम्भीर आशंकाले उत्तर कोरियाली तनाशाह किम जोङ उनलाई ठूलो तनाव भएको खबर बाहिरिएको छ ।विश्व स्वास्थ्य संगठन (डब्लूएओ)ले उत्तर कोरियाको कोभिड महामारीको तथ्याङ्कबारे आफ्नो पहुँच नभएको तर त्यहाँ सङ्कट गहिरिएको हुन सक्ने अनुमान गरेको छ ।

    १२ मेमा पहिलो कोभिड केस देखिएको घोषणा गरेको उत्तर कोरियाले गत साता कोभिड नियन्त्रणमा आएको दाबी गरेको थियो । सरकारी सञ्चार माध्यम केसीएनले सङ्क्रमणका घटनामा कमी आएको जनाएको थियो ।

    डब्लूएचओका आपत्कालीन निर्देशक माइकल रायनले सो दाबीमाथि प्रश्न गरेका छन् ‘हामीलाई लाग्छ त्यहाँको अवस्था राम्रो हुनेभन्दा पनि झन् बिग्रिएको छ ।’ विश्वबाटै एक्लिएको अधिनाकयवादी देश उत्तर कोरियाले केही सीमित जानकारी उपलब्ध गराएको उनले बताए ।

    उत्तरले यसअघि ‘ज्वरो’ बाट लाखौँ नागरिक प्रभावित भएको बताएको थियो । उत्तर कोरियामा ३० लाख जनामा कोभिड सङ्क्रमण देखिएको तर उसको आधिकारिक विवरणमा सङ्क्रमणलाई ज्वरो भनिएको पनि डब्लूएचओले जनाएको छ ।

    प्रतिक्रिया
    नयाँ अपडेट
    धेरै पढिएको
    अन्य समाचार