सेयर बजारमा उछाल आउने संकेत, अर्थमन्त्री जनार्दनले बल्ल चाले बोल्ड कदम !

सेयर बजारमा उछाल आउने संकेत, अर्थमन्त्री जनार्दनले बल्ल चाले बोल्ड कदम !


प्रहार न्युज
  • बुधबार, जेष्ठ २५ २०७९

  • काठमाडौं । यतिबेला पुँजी बजारमा निराशा छाएको छ । पुँजी बजार निरन्तर ओरालो लागिरहेको हो । यसैबीच, सेयर बजारमा उछालको संकेत देखिन सक्ने विश्लेषण हुन थालेको छ ।

    अर्थमन्त्री जनार्दन शर्माले बोल्ड कदम चालेका छन् । अर्थमन्त्री जनार्दन शर्माले सरकार मातहतको जुनसुकै निकायले जवाफदेही भएर स्वायत्तता प्रयोग गर्न सक्ने स्पष्ट पारेका छन्। धितोपत्र बोर्डको ३०औं वार्षिक साधारण सभामा उनले यस्तो बताएका हुन्।

    अर्थमन्त्री शर्माको यो भनाई राष्ट्र बैंक लक्षित देखिन्छ। पछिल्लो समय अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच सम्बन्ध बिग्रिएको छ। केही समय अघि सरकारले गभर्नर महाप्रशाद अधिकारीलाई पदमुक्त गर्ने प्रयास गरेपछि अधिकारी अदालत पुगेका थिए।

    अर्थमन्त्रीले हाल मौद्रिक नीतिले बजारलाई असर परेको भए त्यसको समाधान गर्नुपर्ने समेत बताएका छन्। राष्ट्र बैंकले मौद्रिक नीतिबाट सेयर धितो कर्जामा आगामी साउनदेखि एकल ग्राहक कर्जा सीमा लागु हुने व्यवस्था गरेको छ।

    यसअनुसार एकल ग्राहकले एउटा बैंकबाट बढीमा चार करोड र सबै संस्थाबाट १२ करोड मात्र कर्जा लिन सकिने व्यवस्था गरेको छ। असारसम्म यो सीमामा कर्जा ल्याउनु पर्छ।

    अर्थमन्त्रीले हाल सेयर बजार सुधारको लागि धितोपत्र बोर्ड, राष्ट्र बैंक र अर्थ मन्त्रालय लगायत चार सदस्य सुधार समिति गठन गरेको समेत जानकारी दिएका छन्। समितिमा सेबोनको कार्यकारी निर्देशक, अर्थ मन्त्रालयबाट उपसचिव, राष्ट्र बैंकबाट एक जना अधिकारी र धितोपत्र बोर्डबाट एक जना सदस्य हुने बताइएको छ।

    प्रतिक्रिया
    नयाँ अपडेट
    धेरै पढिएको
    अन्य समाचार