काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका रवि लामिछानेले नयाँ पार्टीबारे सामाजिक सञ्जालमा विभिन्न खाले क्रियाप्रतिक्रिया आउन थालेका छन् । यसैबीच, देशभर पार्टी स्थापित गराउन आधार दिइएको छ । ती आधारहरु हेर्दा पार्टीले राम्रो संकेत गरेको विश्लेषण हुन थालेको छ ।
बसुन्धारामा केन्द्रीय कार्यालय राख्ने भएका छन्। उनले आफ्नो पार्टीमा अहिले २१ जना रहेको बताए। पार्टीमा को–को छन् भन्नेबारे उनले खुलाएका छैनन्। तर पार्टीको पहिलो बैठक आजै बसुन्धारामा बस्ने उनले जानकारी दिए।
केन्द्रीय कार्यालय उद्घाटनलगत्तै पार्टीको बैठक बस्नेछ। उनले पार्टीमा चुनाव चिन्ह भने घन्टी प्रस्ताव गरिएको उनले जानकारी दिए। आजै पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने उनले बताए।
लामिछानेले आफ्नो पार्टीलाई युवाको पार्टी बनाउने बताए। ‘म यो पार्टीलाई युवाहरूको पार्टी बनाउने छु,’ उनले भने,‘केन्द्रीय सदस्य ५० प्रतिशत युवा हुनेछन्।’
राजनीतिमा होमिएका रवि लामिछाने आफ्नो पार्टीका संरचनाबारे जानकारी गराएका छन् । उनले मंगलबार आयोजित घोषणा सभामा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को सात विशेषताबारे जानकारी गराएका हुन् ।
आफूले प्रस्तावित गरेको पार्टीले प्रत्यक्ष निर्वाचिन प्रधानमन्त्रीदेखि भ्रातृसंगठन र कार्यकर्तारहितसम्मको विशेषता प्रस्तुत गरेका छन् ।उनले आफूहरूले कहिल्यै चन्दा नलिने घोषणा पनि गरे । स्वयंसेवीबाट आर्थिक सहायता जुटाउने उनले बताए । लामिछानेले आफ्नो पार्टीको सात विशेषता यसरी सुनाए ।
१.प्राइमेरी निर्वाचन हुने
२.युवा ५० प्रतिशत
३.प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था गर्ने
४.राइट टु रिकल र राइट टु रिजेक्टको व्यवस्था
५.डिजिटल डेमोक्रेसीको व्यवस्था गर्ने
६.परिवारवादलाई पूर्ण रूपमा निषेध
७.भ्रातृसंगठन र कार्यकर्तारहित