आमाचकारी गाली गर्दै हिड्ने संस्कृति मन्त्री आलेको मुखमा लाग्नेभयो बुझो, सर्वोच्चले बल्ल चाल्यो कडा कदम !

आमाचकारी गाली गर्दै हिड्ने संस्कृति मन्त्री आलेको मुखमा लाग्नेभयो बुझो, सर्वोच्चले बल्ल चाल्यो कडा कदम !


प्रहार न्युज
  • बिहिबार, असार ९ २०७९

  • काठमाडौं । मन्त्रालयको पदको ओज नै घटाउनेगरी हर्कत गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेमगर लाई झड्का लााग्ने संकेत देखिएको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आलेमगरविरूद्ध सर्वोच्च अदालतमा मुद्दा अगाडि बढ्ने भएको हो । उनको अश्लील गालीगलौज गरेको अडिओ सार्वजनिक भएपछि असार ५ गते सार्वजनिक मर्यादा र आचारण उल्लंघन भएको भन्दै सर्वोच्चमा रिट परेको थियो।

    तर रजिष्ट्रार नारायणप्रसाद पन्थीले सो विषय प्रतिनिधिसभाको क्षेत्राधिकारभित्र पर्ने भन्दै ५ गते नै दरपिठ गरिदिएका थिए। सोही दरपिठविरूद्ध निवेदकहरू इजलासमा पुगेका थिए। सोहीअनुसार बुधबार सर्वोच्च अदालतका न्यायाधीश टंक मोक्तानको एकल इजलासले रजिष्ट्रार पन्थीको दरपिठलाई बदर गरिदिएको छ।

    दरपिठ बदरपछि अब मुद्दा सर्वोच्चमा अगाडि बढ्ने भएको छ। ‘सर्वोच्च प्रशासनले राजनीति गरेर सरकारी दवावमा हाम्रो निवेदन दरपीठ गरिदिएको थियो,’ निवेदक अधिवक्ता पौडेलले भने,‘हामीले आज(बुधबार) इजलासमा हाम्रा कुरा राख्यौं। प्रतिनिधिसभामा यो विषय हेर्न संसद् आचारण अनुगमन समिति नै गठन नभएको अवस्था रहेको कुरा पनि राख्यौं।’ सो कुरा राखेपछि इजलासले मुद्दालाई अगाडि बढाउने बाटो खोलिदिएको उनले बताए।

    ‘हामीले पहिलो कुरा त्यो अडिओ सत्य होकी होइन भनेर स्वतन्त्र ल्याब परीक्षणको माग गरेका छौं। दोस्रो सामाजिक परीक्षण होस् भन्ने छ,’ उनले भने, ‘यदि साँच्चिकै मन्त्रीकै हो भने अयोग्य व्यक्ति मन्त्री पदमा बस्न हुन्न भनेर बर्खास्तीको माग गरेका छौं।’

    प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २१६ अनुसार सांसदले ‘पालन गर्नुपर्ने आचार संहिता’ पालन नगरेको भन्दै अधिवक्ताद्वय किशोर पौडेल, अनुपम भट्टराई र कानुनकी विद्यार्थी रेजिना पौड्यालले सर्वोच्च प्रशासनमा सो रिट दर्ता गराएका थिए। रिटमा संविधानको धारा १३३ को उपधारा (२) अनुसार ‘परमादेश’को आदेशसहित मन्त्री आलेको बर्खास्ती मागिएको छ।

    प्रतिक्रिया
    नयाँ अपडेट
    धेरै पढिएको
    अन्य समाचार