एसपीपीबारे चीनको प्रतिक्रियाः ढिलो आयो तर बोल्ड आयो

एसपीपीबारे चीनको प्रतिक्रियाः ढिलो आयो तर बोल्ड आयो


प्रहार न्युज
  • बिहिबार, असार ९ २०७९

  • काठमाडौं । चीनले अमेरिकाको सैन्य गठबन्धन एसपीपीमा पहिलो प्रतिक्रिया दिएको छ । चीनको प्रतिक्र्रिया ढिलो आएपनि बोल्ड आएको हो । चीनले नेपाल एसपीपी सहभागी नहुने भनी नेपालले गरेको निर्णयको प्रशंसा गरेको हो ।

    विहीवार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चीनिया बिदेश मन्त्रालयका प्रवक्ता वाङ वेनले नेपालको मन्त्रिपरिषद बैठकले हालै गरेको निर्णयलाई चीनले नोटिसमा लिएको बताए ।

    उनले एसपीपीलाई लिएर नेपालमा व्यापक विरोध भएको र धेरै राजनीतिक दल र समूहसहित सेनाले समेत यसको विरोध गरेको बताए । उनले यो हिन्द प्रशान्त सैनिक रणनीतिको अंग भएको र यसले नेपालको राष्ट्रिय स्वार्थमा असर पर्ने देखेर नेपालले एसपीपीबाट बाहिरिने निर्णय गरेको बताए ।

    चीनले नेपाललाई असल छिमेकीको रुपमा सधै सहयोग गर्ने र नेपालको सार्वभौमिकता,स्वतन्त्रता र भौगोलिक अखण्डताको रक्षाका लागि सदैव साथमा रहने प्रवक्ता वेनले बताए । नेपालको असंलग्न परराष्ट्र नीतिलाई चीनले सँधै सम्मान गर्ने उनले बताएका छन्।

    प्रतिक्रिया
    नयाँ अपडेट
    धेरै पढिएको
    अन्य समाचार