चौतर्फी आलोचना भएपछि रवि लामिछाने आज ऋषि धमलाकोमा जादैं

चौतर्फी आलोचना भएपछि रवि लामिछाने आज ऋषि धमलाकोमा जादैं


प्रहार न्युज
  • शुक्रबार, असार १० २०७९

  • काठमाडौं । रवि लामिछानेको नेतृत्वको उक्त पार्टी गठनको घोषणा भएको थियो । निर्वाचन आयोगमा लामिछानेलगायतले उक्त पार्टी दर्ताका लागि निवेदन दिएका थिए । पार्टी गठनको घोषणापछि आज पहिलोपटक राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सम्मेलन गर्न लागेको छ।

    डाक्टर मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवक्ताको जिम्मेवारी पाएका छन् । प्रवक्ता ढकालको हस्ताक्षरसहित पत्रकार सम्मेलन भन्दै पार्टीले पत्र सार्वजनिक गरेको छ।

    आज अपरान्ह ४ बजे रिपोर्टस् क्लवमा पत्रकार सम्मेलन हुने ढकालले उल्लेख गरेका छन्। रवि लामिछाने नेतृत्वको पार्टीको पत्रकार सम्मेलन क्रषि धमला सभापती रहेको भृकुटी मण्डपमा अवस्थित रिपोर्टस् क्लवमा

    विराटनगरका ढकाल कालिकोटको रास्कोट अस्पतालका डाइरेक्टर हुन्। लामिछानेको पहलमा उक्त अस्पताल बनेको थियो। पत्रकारिता छोडृर राजनीतिक यात्रा अघि बढाएका लामिछानेले आफ्नो पार्टीमा २१ जना रहेको बताए पनि को को छन् खुलाएका थिएनन्।

    प्रतिक्रिया
    नयाँ अपडेट
    धेरै पढिएको
    अन्य समाचार