नेकपा एसभित्र पनि बर्खा लाग्योः ठूलो पहिरोको संकेत, माधव नेपाल नै झसंग हुनेगरी बाहिरियो ४ नेताको भित्री तयारी

नेकपा एसभित्र पनि बर्खा लाग्योः ठूलो पहिरोको संकेत, माधव नेपाल नै झसंग हुनेगरी बाहिरियो ४ नेताको भित्री तयारी


प्रहार न्युज
  • मंगलबार, असार १४ २०७९

  • काठमाडौं । माधव कुमार नेपाल नेतृत्वको नेकपा एसभित्र ठूलै पहिरोको संकेत देखिएको छ । बर्षायाम सुरुभएसँगै माधवको एसभित्र पनि बर्षायाम सुरु भएको टिप्पणी हुन थालेको हो ।

    मन्त्रीबाट फिर्ता बोलाएपछि माधव नेतृत्वको नेकपा एकीकृत समाजवादीका ४ पूर्वमन्त्री निकै असन्तुष्ट देखिएका छन् । उनीहरु अध्यक्ष माधवकुमार नेपालविरुद्ध संगठित नभएका होइनन् । तर, विद्रोहका लागि संसदीय दलमा बहुमत नपुगेपछि ब्याक भए ।

    १२ असारमा मन्त्रीबाट राजीनामा दिएर कसैले पत्रकार सम्मेलन गरेर आक्रोश र आँसु दुवै पोखे त कोही चुपचाप आफ्नो बाटो लागे । तर, उनीहरुले असन्तुष्टि आजको केन्द्रीय परिषद बैठकमा अनुपस्थित भएर देखाए । यो घटनापछि पार्टीभित्र विद्रोहको डरले अध्यक्ष नेपाल झस्किएका छन् ।

    निवर्तमान मन्त्रीहरु प्रेमबहादुर आले, रामकुमारी झाँक्री, विरोध खतिवडा र किसान श्रेष्ठ काठमाडौंमा भएको बैठकमा अनुपस्थिति जनाएका हुन् । यसले नेकपा एसभित्र खैलाबैला मच्चिएको छ ।

    प्रेम आले र रामकुमारी झाँक्री कुनैपनि बेला विद्रोहको तयारीमा छन् । विरोध खतिवडाको पनि असन्तुष्टि छ । किसान श्रेष्ठ नेकपा एकता अभियानमा भित्र भित्र लागिरहेका छन् । यसले कुनैपनि बेला नेकपा एसको आन्तरिक संरचनामा ठूलै कम्पन आउन सक्ने देखिएको छ ।

    प्रतिक्रिया
    नयाँ अपडेट
    धेरै पढिएको
    अन्य समाचार