प्रेम आलेको जिब्रोमै झुण्डिएको रहेछ त्यो शब्द, आलेबाट दिक्दार अर्का कर्मचारीले सबैकुरा गरिदिए छताछुल्ल !

प्रेम आलेको जिब्रोमै झुण्डिएको रहेछ त्यो शब्द, आलेबाट दिक्दार अर्का कर्मचारीले सबैकुरा गरिदिए छताछुल्ल !


प्रहार न्युज
  • मंगलबार, असार १४ २०७९

  • काठमाडौं । शेर बहादुर देउवा नेतृत्वको सरकारमा सबैभन्दा बढी चर्चामा रहे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले । अहिले आलेको पद गएको छ । नाम होस् अथवा बदनाम उनी कार्यकाल भरी चर्चामै रहे । यसैबीच, आलेको व्यवहारले कर्मचारीहरु दिक्दार भएको तथ्य बाहिरिएको छ । खासगरी आलेको बोली मै अश्लिल मिसिएको कुरा आले बिदा भएपछि कर्मचारीले खोल्न थालेका छन् ।

    यसअघि मन्त्री भएकाहरुमध्ये सबैभन्दा धेरै चर्चामा थिए–प्रेम आले । उनले ८ महिना २० दिन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको नेतृत्व गरे । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पूनर्गठन गर्नुअघि सिंहदरबारमा हिजो (आइतबारं) अपरान्ह आलेले पत्रकार सम्मेलन गरेका थिए । सो क्रममा उनले आफ्नो कार्यकालमा भएका कामको फेहरिस्त सुनाएका थिए ।

    उनले आफूलाई ९० प्रतिशत अंक दिनसम्म भ्याए । र, आफूलाई बाघको संज्ञासमेत दिएका थिए । मन्त्री बनेदेखिनै आले सधैं चर्चाको शिखरमा रहे । आफूले लिएको निर्णय र सर्वसधारणदेखि विभागीय प्रमुखसम्मलाई गालीगलौजमा उत्रिनसम्म भएका आले सुरुदेखि ने विवादित थिए । प्रायः सार्वजनिक कार्यक्रममा आफूले देश र जनताको अहित हुनेगरि एउटा पनि काम नगर्ने र गरेको पाए एक सेकेण्डपनि कुर्सीमा नबस्ने घोषणा गरेका थिए ।

    तर, पर्यटन मन्त्रालयबारे जानकारहरु भने आलेले बाहिर एउटा कुरा गर्ने अनि भित्री रुपमा भने आफूलाई लाभहानी हेरेर निर्णय लिएको दाबी गर्छन् । आलेले आफूलाई फाईदा हुनेगरि थुप्रै निर्णय लिएको मन्त्रालयनिकट स्रोतको दाबी छ । हिजोबाट आले विदा भएपछि अहिले मन्त्रालयका कर्मचारी खुशी भएका छन् ।

    महिला होस वा आफूभन्दा सम्मानित व्यक्ति, सानो होस वा ठूलो सबैसँग उनी गालीगलौजमा उत्रिने गरेको र आजबाट कान शान्त भएको ती कर्मचारीहरुको मुखबाट गाईँगुईँ निस्किन थालेको छ ।

    अहिले पर्यटन मन्त्रालयको नेतृत्व समाजवादीकै जीवनराम श्रेष्ठले सम्हालेका छन् । श्रेष्ठ परिपक्व र शालिन व्यक्तित्वको धनी भएकोले कुनै विवादित काम नगर्नेमा कर्मचारीहरु ढुक्क छन् । श्रेष्ठले आफ्नो राजनीतिक जीवनको यात्रा वडाअध्यक्षदेखि मन्त्रीसम्मको तय गरिसकेका छन् । उनी अनुभवी राजनीतिज्ञको रुपमा परिचित छन् ।

    प्रतिक्रिया
    नयाँ अपडेट
    धेरै पढिएको
    अन्य समाचार