बाबुराम भट्टराई राजनीतिक जीवनकै ठूलो संकटमा, मध्यरातमा घट्यो यस्तो घटना !

बाबुराम भट्टराई राजनीतिक जीवनकै ठूलो संकटमा, मध्यरातमा घट्यो यस्तो घटना !


प्रहार न्युज
  • मंगलबार, असार १४ २०७९

  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईमाथि राजनीतिक जीवनकै ठूलो संकट आइलागेको छ । एउटा पार्टीमा टिक्न नसक्ने आफ्नो परिचय बनाएका बाबुराममाथि ठूलो आपत आइलागेको हो ।

    सत्ता गठबन्धनको तेस्रो ठूलो घटक जनता समाजवादी पार्टी फुट्ने तरखरमा पुगेको छ । ९ महिनाअघि विभाजित भएको जसपा पुनः विभाजनको डिलमा पुगेको नेताहरुले बताएका छन्

    जसपाको उपेन्द्र यादव पक्षले सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाउने र नयाँ मन्त्री चयन गर्ने अधिकार उपेन्द्र यादवलाई दिएसँगै जसपाभित्रको विवाद क्लाइमेक्समा पुगेको बताइएको छ ।

    सोमबार राति बसेको जसपा कार्यकारिणी समितिको बैठकले मन्त्री फिर्ता बोलाउने र नयाँ नाम सिफारिस गर्ने अधिकार अध्यक्ष यादवलाई दिएको कार्यकारिणी सदस्य मृगेन्द्रकुमार सिंहलाई उदृत गर्दै जनाएको छ । मध्यरातमा घटेको यो घटनाले बाबुरामको भविष्य नै धरापमा परेको छ ।

    जसपाबाट राजेन्द्र श्रेष्ठ, रेणु यादव, महेन्द्र यादव र रायशायप्रसाद यादव मन्त्री छन् । अब उनीहरूलाई फिर्ता बोलाएर नयाँको नाम सिफारिस गरिने छ । जसपामा महत्वपूर्ण निर्णय लिँदा अध्यक्ष यादव, संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराई र अशोक राईलाई अधिकार दिइएको थियो । तर, सोमबार राति यादव पक्षका नेताहरूको बैठक बसी सबै अधिकार अध्यक्षलाई दिने निर्णय भएको हो ।

    एकीकृत समाजवादीले मन्त्री हेरफेर गरेसँगै जसपामा पनि मन्त्री हेरफेर गर्नुपर्ने आवाज उठ्दै आएको थियो । मोहम्मद इस्तियाक राईलगायतका नेताहरूको छुट्टै भेलाले मन्त्री हेरफेर गर्न नेतृत्वलाई दबाब दिँदै आएको थियो । सोहीअनुसार अहिले यादवले यस्तो निर्णय गरेका हुन् ।

    जसपामा डा. बाबुराम भट्टराई र मन्त्री महिन्द्रराय यादवलाई कारवाही गर्ने अधिकार समेत उपेन्द्र यादवलाई दिइएको छ । भट्टराई र यादवले पार्टी फुटाउन सांसद तथा कार्यकारिणी सदस्यहरुको हस्ताक्षर संकलन गरेको र निर्वाचन आयोगमा परामर्श समेत गरेको आरोप यादव पक्षले लगाएको छ । जसपाको कार्यकारिणी समिति र संसदीय दल दुवैतिर आफ्नो पक्षको बहुमत रहेको बाबुराम पक्षको दावी छ ।

    प्रतिक्रिया
    नयाँ अपडेट
    धेरै पढिएको
    अन्य समाचार